आर.सि.एन / एचकेनेपाल डट कम-
बीरगञ्ज, २३ फागुन । नेपाल भोजपुरी प्रतिष्ठान पर्साn] हिन्दूहरुको महान फागु पूर्णिमा पर्वको अवसरमा मंगलवार माईस्थान मन्दिर अगाडी महामुर्ख सम्मेलन तथा होली मिलन समारोह कार्यक्रमको आयोजना गर्यो।
होली मिलन समारोह कार्यक्रमको प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश गुप्ताले हिन्दूहरुको महान फागु पूर्णिमा पर्वको उपदेशले समाजमा रहेका बिकृतिलाई हटाए जस्तै देशमा रहेका राजनीतिकर्मीहरुको एक आपसमा रहेका मनमुटावलाई हटाई देश अग्रपंक्तिमा बढदै जाओस भन्ने शुभकामना ब्यक्त गरे।
कार्यक्रमको अतिथिमा रिपोर्टर्स क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ता, नेपाल भोजपुरी प्रतिष्ठान पर्सा उपाध्यक्ष उमेश गुप्ता, गजल साहित्य मञ्च पर्सा दिलिप कार्की, प्रमोद यादव,बिनोद तिमिल्सीना, प्रभात काब्य यात्राका संयोजक कबि अरुण बिक्रम शाहलगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।
नेपाल भोजपुरी प्रतिष्ठान पर्साका अध्यक्ष मास्टर तारा सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय कविहरुले कविता वाचन तथा गीत संगीत प्रस्तुत गरेका थिए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस