एचकेनेपाल डट कम संवाददाता-
पोखरा–३ फागुन। राजधानी बाहिर कार्यरत पत्रकारहरुको संस्था मेची महाकाली मिडिया सोसाइटी नेपालको तेश्र्रो राष्ट्रिय महाधिवेशन विहीवारदेखि पोखरामा शुरु भएको छ। दुई दिन चल्ने महाधिवेशनको पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष झलनाथ खनालले काठमाडौंबाट टेलिफोन मार्फत उद्घाटन गर्नुभयो।



महाधिवेशनमा सहभागि हुन मेचीदेखि महाकाली सम्मका करिब २७ जिल्लाका महाधिवेशन प्रतिनिधि एंव पर्यवेक्षक गरी १ सय बढी पोखरा आएका तेस्रो महाधिवेशन आयोजक समितिका मुल संयोजक माधव शर्माले जानकारी दिनुभयो।

यसैबीच, मेची महाकाली मिडिया सोसाईटीको महाधिवेशनको अवसरमा स्व. टंका देवी तुलसी कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकमा कार्यरत युवा पत्रकार ईश्वरी न्यौपानेलाई सम्मान गरिएको छ। उक्त पुरस्कार एमाले नेता खगराज अधिकारीले प्रदान गर्नुभयो।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

पोखरा ५ पस्र्याङ्ग निवासी सुर्य प्रसाद कोइराला, सुवर्ण प्रसाद कोइराला र रुद्र प्रसाद कोइराला बन्धुहरुद्धारा आफ्नो स्व. माता पिताको स्मृतिमा स्थापना गरिएको हो भने मेचीमहाकाली मिडिया सोसाइटीद्धारा संचालित छ।

पोखरामा रहि सत्य तथ्य र वस्तुपरक समाचार संप्रेषण गरी समाज विकासमा पु¥याएको योगदानको कदर स्वरुप कान्तिपुर दैनिकका पत्रकार ईश्वरी न्यौपानेलाई सम्मान गरिएको पुरस्कारको राशि २० हजार १ रुपैँया नगद दोसल्ला र प्रमाणपत्र रहेको छ।

पुरस्कारबाट यसअघि २०६६ सालमा जनकपुरकी पत्रकार स्वं उमादेवी सिहंलाई मरणोपरान्त प्रदान गरिएको थियो भने २०६७ मा एभिन्युज टेलिभिजनका पश्मिाञ्चल व्युरो प्रमुख पत्रकार रामकृष्ण ज्ञवाली र २०६८ मा गोल्डेन न्युज दैनिककी सम्पादक रिता गुरुङ्गलाई सम्मान गरिइएको थियो।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस