हवल चन्द्र लामा / एचकेनेपाल डट कम –
गोतन्दा जापान, हरेक बर्ष झै नेपाल तमाङ समाज तामाङको आयोजनामा तामाङ जातिको महान चाड २८४९औ सोनाम ल्होछार ११ तारिख गोतन्दास्थित माया नेपाली रेस्टुरेण्टमा सांगीतिक कार्यक्रम र रत्रिभोजसहित भव्य रुपमा सम्पन्न भएको छ।
समाजका अध्यक्ष सुकूमान तमाङ, होक्काइदोबाट आउनुभएका अन्तर्राष्ट्रिय आदिबासी सज्जालका महासचिब सिमाजाकी नाओमी तथा नेपाली सङ्गीत बिद्यालयका युको ओकामोतो मल्लले संयुक्त रुपमा शान्तिका दूत बुद्धको मुर्तिमा पूजा गरी समुद्घाटन गर्नु भयो।
प्रमुख अथिथिको आसनबाट बोल्नु हुँदै सिमाजाकी नावोमीले जापानमा पनि आदिवासी जनजाति भएको कुरा सायद नेपालीहरूलाई थाहा नहुन सक्ला तर रहि आएको र यहाँ पनि अरु देशमा झै आदिवासीहरूको पहिचान हुदा हुदै अन्य जात जातिले थिचोमिचोमा पारेर राखिएकोले संघर्ष गरिरहेको बताउनु भयो। उहाँले समय समयमा नेपालबाट आदिबासीका कलाकार, विद्वानहरूलाई जापान निमन्त्रणा गरि दुई देशको आदिवासीबीच साँस्कृतिक आदान प्रदान पनि गरिरहेको बताउनु भयो।
अर्का अतिथि गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ जापानका संस्थापक अध्यक्ष ओम गुरुङले आदिवासीको समस्या नेपालमा मात्र नभइ बिकसित मुलुकहरू जापान, अष्ट्रेलियालगायतमा पनि अझै रहिरहेको बताउनु भयो। तसर्थ आदिवासीको चाडपर्ब, भाषा, रितीरिवाजको जगेर्ना गर्न आफूहरू नै लागि पर्नु पर्ने अवस्था भएको र अन्तर्रास्ट्रिय रुपमा पनि एकताको खाँचो भएकोले जापानको आइनु आदिवासीसंग हातेमालो गरि जाने कुरा ब्यक्त गर्नु भयो।
समाजका संस्थापक अध्यक्ष रेख ब्लोन तामाङले टोस्ट प्रस्ताब राखी सुरु भएको ल्होछार साझ सदस्य कबीराज लामाले आफ्नो जापान बसाइको अनुभब हसिलो पारामा प्रस्तुत गर्दै स्वागत मन्तब्य राख्नु भएको थियो। नेपाल आदिवासी जनजाति महासंघका भिम गुरुङ, थकाली सेवा समिती जापानका अध्यक्ष सरदकुमार गौचन, मगर संघ टोक्योका अध्यक्ष सैलेन्द्र थापा मगर, तमु धी टोक्योका अध्यक्ष हर्क तमु, नेवा अन्तर्राष्ट्रिय फोरम जापान तथा हातेमालो समाज जापानका दिपरत्न शाक्य, नेपाल जापान युथ क्लबका अध्यक्ष टाशी लामा अथिति रहेको थियो।
कार्यक्रममा जापानी मित्रहरूको पनि उल्लेख्य उपस्थित रहेकोले समाजका महासचिब हवल चन्द्र लामाले नेपाली र जापानी दुबै भाषामा संचालन गर्नु भएको थियो।
साँस्कृतिक कार्यक्रममा नागोयादेखि आउनुभएका गायक कर्म दोङले आफ्नै एल्बमको सेलो गीत, सम्झना लामा र टाशी लामाले तामाङ नृत्य, शितल योन्जन, बिमल लामा, राजेश लामाले गीत गाउनु भएको थियो भने तामाङ पोशाक र टोपीमा सजिएका तामाङ लगायत अन्य सहभागीहरूले धित मर्ने गरि नाचेका थिए।
अन्तमा नेपाल तामाङ समाज जापानले बनाएको ल्होछार बिशेष परिकार खाप्से र बुद्धको प्रसाद दर्शकहरूले मिठो मानेर खाएका थिए। स्मरण रहोस् नेपाल लगायत बिभिन्न मुलुकमा हाल ल्होछार भब्य रुपमा मनाउन थलिएको छ र नेपाल सरकारले राष्ट्रिय पर्बको घोषणा पनि गरिसकेको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,