सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ३ फागुन। सुनसरीको धरानमा विहीवार सम्पन्न प्रथम इजिराइडर्स अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिवल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले हात पारेको छ।


पब्लिक मावि धरानको मैदानमा भएको फाइनल खेलमा काठमाडौको न्यू डाइमण्ड क्लव विरद्ध १–३ को नतिजा निकाल्दै पुलिसले उपाधि माथि कब्जा जमाएको हो।

लगातार दुईसेटमा २५—१५, २५—११, नतिजा निकालेको पुलिसलाई तेस्रो सेटमा भने दर्शकको राम्रो साथ पाएको डाइमण्डले २५—२३को नतिजा निकाल्दै रोकेको थियो। अधिकांश १७ वर्ष मुनिका नयाँ खेलाडी रहेको डाइमण्डकी स्पाइकर कप्तान रमिला तण्डुकार चौथो सेटमा जम्न नसक्दा पुलिसले २५—१७ नतिजा निकाल्दै उपाधि माथि कव्जा जमाएको थियो।

विजेता पुलिस

राष्ट्रिय च्याम्पियन पुलिसले जितसंगै ट्रफी मेडल तथा नगद एक लाख १ सय १ रुपैयाँ हात पारेको छ भने नेपाली राष्ट्रिय टोलीमा समेत रहकी पुलिसकी चुडा खड्काले वुमन अफदी टुनामेन्र्टको उपाधि समेत पाइन् उनले नगद १५ सय हात पारिन्। त्यस्तै पुलिसकै कोपिला उप्रेतीले वेष्ट ब्लकरको उपाधिसंगै नगद १५ सय हात पारिन्।

तेस्रो सेटमा खेलाडी विचको तालमेल नमिल्दा आफ्नो पक्षामा नतिजा निकाल्न नसकेको भए पनि चौथो सेटको जितसंगै उपाधि हात पारेको आफू खुसी रहेका पुलिसका प्रशिक्षक रुपेश विष्टले प्रतिक्रिया दिए।

उपविजेतामा चित्त बुझाएको न्यु डाइमण्डले ट्रफीसहित नगद ५० हजार १ सय १ रुपैयाँ हात पारेको छ। प्रतियोगिताको फेयर प्लेको उपाधि पाएको न्यु डाइमण्डले वेष्ट स्पाइकर, वेष्ट डिफेन्स र वेष्ट लिफ्टरको उपाधि आफ्नो पोलटामा पारेको छ। न्यु डाइमण्डकी रमिला तण्डुकारले वेष्ट स्पाइकरको, सुनिता श्रेष्ठले वेष्ट डिफेन्स र कृपा अधिकारीले वेष्ट लिफ्टरको उपाधिसगै नगद १५– १५ सय हात पारे।

उपविजेता न्यू डाइमण्ड

आफ्नो खेल राम्रो भए पनि खेलमा ५० प्रतिशत आस गरेको स्पाइकर रमिलाले आफ्नो कौशलता देखाउन नसक्दा हार वेहोर्नु परेको डाइमण्डका प्रशिक्षक कुमार राईको प्रतिक्रिया थियो। त्यस्तै तेस्रो हुने सशस्त्र प्रहरीले २५ हजार १ सय १ रुपैया र पश्चिमाञ्चल भलिवल संघले सान्त्वना हुदै १० हजार १ सय १ मा चित्त बुझाएको छ।

प्रतियोगिताको विजेता टिम र खेलाडीलाई भलिवल संघका केन्द्रिय अध्यक्ष दानबहादुर तामाङले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए। पूर्वाञ्चल भलिबल संघको आयोजनामा माघ २८ गतेदेखि भएको प्रतियोगितामा एउटा भारतीय दुईवटा विभागीयसहित ६ वटा टिमको सहभागिता थियो।

तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस