एचकेनेपाल डट कम संवाददाता-
हङकङ, १२४ फेब्रुअरी। नेपाली कथानक चलचित्र ‘डा. खाते’ को बुधवार हङकङमा प्रदर्शन भएको छ। जोर्डनस्थित याक एण्ड यती रेष्टुरेण्टमा डा. खातेकी अभिनेत्री तथा निर्मात्री रोशनी केसी, हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापा, स्थानीय सहयोगी विष्णु थेवे र हेमराज राईलगायतले पोष्टर देखाएर चलचित्र प्रदर्शन भएको थियो।
परिस्थिति र वाध्यताले कसरी बालबालिकाहरुलाई सडकमा पुर्याउंछ भन्ने मार्मिक कथा र संघर्ष चलचित्रमा समेटिएको छ। हङकङ इन्टरनेशनल फिल्म फेस्टिभलमा समेत नोमिनेशनमा परेको चलचित्र डा. खातेमा वास्तविक सडक बालबालिकाहरुको समेत अभिनय रहेको छ। रविराज अर्याल निर्देशित डा. खातेमा सडक बालबालिकासहित जुगल आचार्य, सम्राट सापकोटा र निर्मात्री केसी स्वयंको अभिनय रहेको छ।
करीव २५ लाख लागतमा निर्माण भएको डा. खाते चलचित्रमा संगीत सचिन सिंह र स्वर योगेश्वर अमात्यको रहेको छ। चलचित्र प्रदर्शनबाट उठेको केही प्रतिशत रकम सडक बालबालिकाको सहयोगमा खर्चिने जनाइएको छ।
तस्वीरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,