सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान, २ फागुन। धरानमा जारी इजी राइडर्स अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिवल प्रतियोगिताको फाइनलमा नेपाल पुलिस र न्यु ब्लुडाइमन्ट एकाडेमी प्रवेश गरेका छन्।

धरानको पब्लिक उच्च माविको खेल मैदानमा भएको पहिलो खेलमा नेपाल पुलिसले सशस्त्र प्रहरीको एपीएफलाई ३ – १ ले पराजित गर्देै फाइनलको यात्रा तय गरेको थियो भने न्यु डाइमण्डले ३ –१ अन्तरले पश्चिमाञ्चललाई पराजित गर्देै फाइनलको यात्रा तय गरेको थियो।

पहिलो खेल वेष्ट अफ फाइभ सम्म पुग्दा नेपाल पुलिससंग पहिलो सेटमा २५–२१ ले पराजित एपीएफले दोस्रो सेटमा भने पुलिसलाई १६–२५ ले पराजित गर्र्दै खेल बराबरीमा पुर्याएको थियो। अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा तेस्रो र चौथो सेटमा पनि पुलिस हावी रह्यो। तेस्रो र चौथो सेटमा पुलिसले एपीएफलाई २५–२२ र २५–२० ले पछि पार्दै फाइनलको यात्रा सुनिश्चित गरेको थियो। सो खेलको ओमन अफ दि म्याच पुलिसकी कोपिला उप्रेती घोषित भइन्।

आजै भएको अन्तिम सेमी फाइनलमा खेलम न्यु डाइमण्ड एकाडेमी काठमाडांै र पश्चिमाञ्चल भलिवल संघलाई पछि पार्दै फाइनलमा प्रवेश पाएको थियो। शारिरिक रुपमा समेत शसक्त तथा अग्ला खेलाडीले भरिभराउ पश्चिमाञ्चललाई कम उमेरका प्राय १८ वर्ष मुनिका खेलाडी रहको डाइमण्डले पारजित गरेको थियो।

पहिलो सेटमा २५–१९ ले हारेको डाइमण्डले दोस्रो सेटमा २५–२२ ले विजय भएपछि न्यू डाइमण्डका खेलाडी अत्यन्तै उत्साहित भएका थिए। त्यसपछि भने तेस्रो र चौथो सेटमा लगातार आफ्नो जीतलाई सुनिश्चित पारेपछि उसले फाइनलको यात्रालाई सुरक्षिा पारेको हो। तेस्रो र चौथोमा न्यू डाइमन्डले पश्चिमाञ्चललाई क्रमश ः २६–२४, २५–१९ ल्याएपछि भने जित सुनिश्चित भएको हो। सो खेलको उत्कृष्ट खेलाडी न्यू डाइमण्डकी खेलाडी प्रतिमा माझी घोषित भइन्। भोलि विहीवार दिनको ३ बजे न्यू डाइमण्ड एकाडेमी र नेपाल पुलिसबीच फाइनल खेल हुने आयोजकले जनाएको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस