सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २ फागुन। सुनसरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी वढेको छ। तीन वर्ष पछि हुन लागेको निवार्चनमा अध्यक्षको लागि निवर्तमान प्रथम उपाध्यक्ष सरोज श्रेष्ठ र पूर्व वाणिज्य सचिव राजेन्द्र शाह चुनावी मैदानमा उत्रिएका छन्। दुवै प्रत्यासी उत्तिकै सशक्त रहेकाले पनि चुनाव प्रतिष्पर्धात्मक हुने देखिएको छ।

चुनाव नजिकै जादा राजानितिक चलखेल समेत वढेको छ। श्रेष्ठ संगठित सदस्य भएकोले एमाले पुरै उनको पक्षमा देखिएको भने आफूलाई स्वतन्त्र भएको वताउने शाह पक्ष काग्रेस र दुवै माओवादी देखिएकोले पनि शाहको पल्ला भारी हुने विश्लेष्ण समेत गर्न थालिएको छ।

राजनीतिसंगै जातियताले समेत संघको निवार्चनमा प्राथमिकता पाएको छ। विषेश गरी नेवारी समुदायले श्रेष्ठ र मधेशी समुदायसगै माडवारी समुदाय शाहको पक्षमा देखिएका छन्। संघका जम्मा १०९२ मतदाता रहेका छन्। विगत तीन दशक भन्दा लामो समयदेखि धरानमा रहेर व्यवसाय गर्दै आएका शाह हाडवोयर व्यवसायी हुन् भने श्रेष्ठ यातायात व्यवसायी हुन्।

संघमा विभिन्न कार्यकालमा ८ वर्ष काम गरि सकेका शाह अध्यक्षमा दुई पटक पराजित भइसकेका छन्। यस अघिको निर्वाचनमा निबर्तमान अध्यक्ष मोहन काजी शाक्यसंग १६ भोटले पराजित शाह यो पटक भने जसरी भए पनि चुनाव जित्नेका विश्वस्त छन्। उनि आफू संघमा हुदा तथा नहुदा समेत उद्योगी व्यसायीको हकहितमा काम गर्दे आएको र आगामी दिनमा पनि कामगर्ने प्रतिवद्धता सहित चुनावी मेदानमा आएको यो पटकको नतिजा आफ्नो पोल्टामा आउने वताउछन्। आफु अध्यक्ष भए धरानको खानेपानी समस्या तथा चन्दा आतङ लगायतका उद्योगी व्यवसायीका समस्या समाधान गर्न लागि पर्ने उनको भनाई छ।

उनले उद्योगी व्यवसायीहरुले भोग्दै आएको राजश्व प्रणालीको झन्झटीला प्रक्रिया सहजीकरण साथै एद्योगी व्यवसायीहरुको सम्मान र प्रतिष्ठानको लागि आफूलाई भोट दिनुु पर्ने उनको धारणा रहेको छ । साथै उनले आफू अध्यक्ष भए चन्दा, अपहरण धम्की लगायतका अपराध न्युनिकरणको लागि सम्बन्धित निकायसंगको सहकार्यमा यसलाई निर्मूल पार्न आफूलाई अध्यक्ष बनाउन उनले आाग्रह गरेका छन्।

अर्का प्रत्यासी संघका सदस्य हुदै महासचिव तथा प्रथम उपाध्यक्ष भएर आफूले उद्यागी व्यवसायीको पक्षमा काम गरेकोले पनि आफूले निवार्चन जित्ने श्रेष्ठको दाबी छ। संघमा देखिएका विवाद समाधान गर्न तथा चेम्बर तथा गेष्ट हाउस निमार्ण गर्न र खानेपानीको समस्या समाधान गर्न आफूले महत्वपूर्ण भूमिका खेलेको कारण पनि आफूलाई भोट दिनेमा उनी विश्वस्त देखिन्छन्।

दुवैको एजेण्डा उस्तै भए पनि जातिय तथा पार्टीगत हिसावले शाह अगाडि रहेको एक थरिको विश्लेषण छ भने अर्काे थरी भने वर्तमान कार्यसमितिमा समेत रहेका कारण श्रेष्ठ पल्ला भारी हुन सक्ने अनुमान गरेका छन्। तथापि, शाखामा रहेको साधारण सदस्यहरु वर्तमान कार्यसमितिदेखि रुष्ट रहेकोले शाहको पल्ला भारी हुने देखिएको छ। लामो समयदेखि व्यापार गर्दै आएका तथा राजनीतिक लेपन नलागेका कारण पनि शाह वलियो देखिएका छन्।

दुवै चुनावी कसरतमा रात दिन नभनी लागिपरिहेका छन्। १०९२ मतदाता रहेका संघको १८ कार्यसमितिको लागि फागुन ७ गते निवार्चन हुदै छ। निवार्चनमा ७८३ मतदाता रहेको वाणिज्य तर्फ १ महिला सहित ९ जनाको लागि तीन दर्जनले उमेद्वारी दर्ता गरेका छन् भने २८४ मतदाता रहेको उद्योग तर्फ १ महिला सहित ५ सदस्यको लागि दुई दर्जनले उमेद्वारी दिएका छन्।

यता १८ मतदाता रहेको उद्योगतर्फ एक सिटको लागि एक दर्जनले र ७ मतदाता रहेको वस्तुगत तर्फ आधादर्जनले उमेद्वारी दिएका छन्। यो पटक उमेद्वारी दिनेहरुमा अधिकांश नयाँ अनुहार रहेका छन्। यो निवार्चनलाई पूर्वका उद्योगी व्यवासायीहरुले महत्वका साथ हेरेका छन्। उद्योग वाणिज्य महासंघमा तथा क्षेत्रिय महासंघमा समेत यसले प्रभाव प्रार्ने भएकोले यसलाई महत्वका साथ हेरिएको छ। संघको सभाहलमा हुने निवार्चनको तयारी पूरा भइसको निर्वाचन अधिकृत राजेन्द्र शर्माले जानकारी दिए।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस