एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २ फागुन। सरकारले खाना पकाउने एलपी ग्याँसमा गरेको चर्को मूल्यबृद्धि फिर्ता लिएको छ।

मूल्यबृद्धको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माईक्रो ब्लगिङ साईट ट्वीटरमार्फत मूल्य बृद्धि रोकिएको जनाएका छन्।

लालध्वजबाट सञ्चालित ट्विटरमा प्रधानमन्त्री भट्टराईले आवश्यक पूर्व तयारीको अभावमा दोहोरो मूल्य कार्यान्वयन तत्काल रोकिएको जनाएका छन्।

त्यसैगरी, प्रधानमन्त्री भट्टराईले बाणिज्य सचिव र आयल निगमका अधिकारीहरुलाई बोलाएर आवश्यक तयारीबिना नै मूल्य बढाएको भन्दै तत्काल कार्यान्यवन नगर्न निर्देशन दिएका छन्। प्रधानमन्त्रीको निर्देशनपछि निगम सञ्चालक समितिको बैठक बसेर मूल्यबृद्धि फिर्ताको निर्णय गरेको छ।

यसैबीच, विद्यार्थी तथा युवा संगठनहरुले मूल्यबृद्धि फेरि लागु गर्ने गरी स्थगित गरेको भन्दै विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका छन्। युवासंघका अध्यक्ष महेश बस्नेतले प्रधानमन्त्रीको दोहोरो चरित्र भएकाले मूल्यबृद्धि फिर्ता पत्याउने आधार नभएको बताएका छन्। विद्यार्थी नेताहरुले मूल्यबृद्धि फिर्ता नभई स्थगित मात्र गरेकोले आन्दोलनका कार्यक्रमहरु फिर्ता नहुने बताएका छन्।

नेपाल आयल निगमको प्रेस विज्ञप्तिको पूर्ण पाठ

मिति २०६९।११।०२

मिति २०६९।११।०१ मा निगम संचालक समितिको बैठकले एल.पी. ग्यासको व्यवसायिक प्रयोजनको लागि निलो रंगको सिलिण्डर र घरायसी प्रयोजनको लागि रातो रंगको १४.२ किलो गरी दुबै थरीको सिलिण्डरको विक्री मूल्य निगमको लागत मूल्य भन्दा कम अर्थात रकम रु २१००।- निर्धारण गरेको र घरायसी प्रयोजनको लागि प्रयोग हुने रातो रंगको प्रति परिवार महिनाको एक सिलिण्डरमा रकम रु ५५०।- बैंक मार्फत नगद अनुदान उपलब्ध गराउने निर्णय भएकोमा आज बसेको संचालक समितिको बैठकबाट अर्को ब्यवस्था नभएसम्म उक्त निर्णय स्थगन गरी हाललाई सबै उपभोक्तालाई साबिक मिति २०६९।११।०१ पूर्व कै मूल्य अर्थात काठमाण्डौ उपत्यकामा दुबै थरीका सिलिण्डरको प्रति सिलिण्डर बिक्री मूल्य रकम रु १४७०।- नै कायम गरिएको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस