Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पर्यटनमन्त्री विष्ट युएईको अध्यागमन विभागको नियन्त्रणमा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २३ फागुन । पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगर अवुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा समातिएका छन्। विष्टलाई संयुक्त अरब ईमिरेट्सको अध्यागमन विभागले नियन्त्रणमा लिएको हो।

जर्मनीको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी पत्नी गंगासहित समातिएका हुन्। काठमाडौंबाट इतिहाद एयरवेजबाट सोमवार राति उडेका मन्त्री विष्टको जर्मनी जाने भिषा नभएपछि सोधपुछको लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थाह भएको छ।

जर्मनीमा मंगलवार विहान पुग्नु पर्ने भएपनि नपुगेपछि त्यहाँको नेपाली राजदूतले नआएको जनाएपछि उनको सोधखोज सुरू भएको थियो।

पर्यटनमन्त्रीका निजी सचिवालयले भिसा नमिलेर सामान्य सोधपुछ मात्र गरेको जनाएको छ। मन्त्री पत्नीको राहादानीमा भिषा हानेको भएको भएपनि मन्त्रीको छुट्न गएकोले उनी अवुधावीमा रोकिएका थिए। उनको भिषा प्रक्रिया सकिएपछि जर्मनीतर्फ लाग्ने जनाएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by