एचकेनेपाल डट कम संवाददाता
काठमाडौ, १ फागुण । प्रमुख ठूला तीन दलका केही शिर्ष नेताहरुको कारण मुलुकको अवस्था विग्रिएको दावी गरेका छन्।
रिपोर्टर्स क्लब नेपालमा रेखा यादवद्धारा प्रकाशित सम्पादित द पाँपुरल टाईम्स मासिक पत्रिकाको विमोचन गर्दै उनले संविधानसभालाई संविधान निर्माण नगरी बिघटन गराएर तीन दलका केही नेताहरुले मुलुकलाई बर्बादीतिर धकेलेको आरोप लगाए।
यादवले बर्तमान सरकारले मुलुकको अर्थतन्त्र, सुरक्षा, कानूनी शासन र विधीको शासनको उपहास गरेकोले यो सरकारको बर्हिगमन नभई निकास ननिस्कने दावी गर्दै सञ्चारमाध्यमले राष्ट्रलाई निकास दिने गरी सत्य तथ्य उजागर गर्नु पर्ने जिकिर गरे।
मुलुक संकटमा परेको बेला पत्रकारिता झनै चुनौतिपूर्ण हुने भन्दै यस्तो अवस्थामा पत्रकारिता अघि बढाउन झनै कठिन रहेको बताए। महिलाको सम्पादन र प्रकाशनमा पत्रिका निस्केकोमा खुसी ब्यक्त गर्दै महिला शसक्तिकरणको लागि पत्रिकारलाई समर्पित गर्न सुझाव दिए। भारतकालागि पूर्व नेपाली राजदूत डा. दुर्गेशमान सिहले सस्तो राजनीतिक कुरालाई छाडेर बृहत राष्ट्रिय स्वार्थमा कलम चलाउन सुझाव दिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,