डम्बर सुब्बा / एचकेनेपाल डट कम –
दक्षिण कोरिया, नेपाली साहित्य समाज दक्षिण कोरियाको आयोजकत्वमा ९ तारिख सिओलको छुंगमुरोस्थित एम डब्लु टिभीको सभाकक्षमा साहित्यिक स्रष्टाहरुको सृजनात्मक प्रस्तुती कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कोरियामा विभिन्न पेशामा आबद्ध रहेका नेपाली साहित्य प्रेमीहरुको बृहत सहभागिता रहेको थियो। नेपाली साहित्य समाज दक्षिण कोरियाकी संयोजक प्रगति राईको अध्यक्षतामा भएको सो कार्यक्रममा अतिथिको आसनबाट समाजका सल्लाहकार तथा नेपाली कोरिया डटकमका प्रधान सम्पादक डम्बर सुब्बा, प्रवासी मजदुर युनियन एमटियुका कार्यवाहक अध्यक्ष उदय राई, एनआरएन कोरियामा निवर्तमान उपाध्यक्ष लोचन राई, विश्व नेपाली नारी साहित्य समाज कोरियाकी दूत कोपिला राई, खोटाङ सेवा समाज दक्षिण कोरियाका अध्यक्ष मानध्वज राई, एम डब्लु टिभीका अध्यक्ष आउङ टिनटुनले मन्तव्य राख्नु भएको थियो।

कार्यक्रममा कोपिला राई, प्रविन राई, कल्पना राई, बुद्धि मोक्तानले कविता वाचन गरेका थिए भने सुवास सापकोटा, अनिल शर्मा सुवेदी, हरि शरण न्यौपाने, गणेश पौडेल, डिआर औतु, थिरु निरौला र बुद्धि मोक्तानले गजल प्रस्तुत गरेका थिए। कार्यक्रमको स्वागत मन्तब्यमा सुबास सापकोटाले र कार्यक्रम संचालन शिशिर पाण्डेले गरेका थिए।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस