सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
सुनसरी, २९ माघ। धरानमा जारी प्रथम इजिराइर्डस अन्तर्राष्ट्रिय आमन्त्रण लिग महिला भलिबल प्रतियोगितामा न्यु डाइमण्ड एकेडेमी काठमाडौ र नेपाल पुलिस क्लव विजयी भएका छन्।
सोमवार धरानको पब्लिक उच्च माविको खेल मैदानमा सञ्चालन भएको दोस्रो दिनको खेलमा न्यु डायमण्डले कुच विहार भारत र नेपाल पुलिसले आयोजक पूर्वाञ्चल भलिबल संघलाइ साझो सेटमा पराजित गर्यो।
सोमवारको सम्पन्न भएको पहिलो खेलमा न्युडायमण्डले कुच विहारलाइ २५—१२,२५—१६ र २५—९ अंकले पराजित गर्दै आफ्नो जित सुरक्षित बनायो। जितसगै न्युडाइमण्डले ३ अकङ जोडेको छ।
न्युडाइमण्डविरुद्ध कडा प्रतिष्पर्धामा उत्रिएको कुचविहारले अत्यन्तै कलिला न्यु डाइभण्डका खेलाडिको प्रहारलाई रक्षा गर्न नसक्दा पहिलो खेलमै पराजयको पीडा खेप्नु पर्यो । न्यू डाइमण्डका तर्फवाट रमिला तण्डुकारको् सट प्रहार दशृकहरुका लागि रोजक बनेको थियो। न्यु डाइमण्डकै कृपा अधिकारी, प्रतिभा माली र कृपा अधिकारीको पनि खेल उत्कृष्ठ नै रह्यो। कुच विहारको तर्फवाट हसिना बानु र ममता घोसले उत्कृष्ठ खेल प्रर्दशन गरेता पनि अन्य खेलाडीबीच तालमेल नहुदा कुच विहार पहिलो खेलमै पराजित हुनु पर्यो।
पहिलो खेलको ओमन अफ दि म्याच न्यु डाइमण्डकी रमिला तण्डुकार घोषित भइन्। उनलाई प्रतियोगिता संयोजक थमन गुरुङले पुरस्कार प्रदान गरे। न्यू डाइमण्डका टिम प्रशिक्षकुमार राईले आफनो टिमले सोचे अनुसार खेल्न नसकेपनि कुच विहार भारतको टिम कमजोर भएकाले खेल जित्न सफल भएको बताए। कुच विहारका टिम प्रशिक्षक सपन साहले सिनियर खेलाडिहरु कलकत्तामा लिग खेल्न गएका कारण जुनियर खेलाडी प्रतियोगितामा सहभागि गराइएको र खेलाडीमा आपसी तालमेल नमिलेका कारण पराजित हुनु परेको प्रतिक्रिया दिए।
त्यस्तै आयोजक पूर्वाञ्चल भलिबल संघ विरुद्ध मैदानमा उत्रिएको नेपाल पुलिस क्लवले पनि सोझ सेटमै विजयी सुरुवात गरेको छ। पुलिसले आयोजक पुर्वाञ्चललाइ २५—७, २५—१२ र २५—१२ अंकले पाजित गर्न सफल भयो। जितसंगै पुलिसले ३ अङ जोडेको छ भने अयोजक खेलवाट बाहिरिएको छ।
पुलिसले लिग चरणको अर्को खेलमा पश्चिमाअञ्चको सामना गर्नु पर्ने छ। पुलिस विरुद्ध पूर्वाञ्चलका तर्फवाट टिम क्याप्टेन जीवनी राई, सरीता गिरी र शारदा गजमेरले उत्कृष्ठ खेल प्रदृशन गरेपनि पूर्वाञ्चलका लागि विजयी गर्न भने असम्भव भयो। पुलिसका तर्फवाट राष्ट्रिय खेलाडीहरु चुडा खड्का, निता शाह र कोपिला उप्रेतीको खेल उत्कृष्ठ रह्यो।
प्रतियोगितको ओमेन अफ दी म्याच पुलिसकी चुडा खड्का घोषित भइन्। पुलिसका टिम प्रशिषक रुपेश विष्टले पूर्वाञ्चल भलिबल संघको टिम कमजोर भएका कारण पुलिसले जित हासिल गरेको बताए। पूर्वाञ्चलका टिम प्रशिक्षक विरेन्द्र चौधरीले खेलाडि पुर्वाञ्चलका खोटाङ, भोजपुर उदयपुर, सोलु संखुवासभा लगायतका जिल्लाबाट भेला गराएर समयमै तयारी गर्न नसकेका कारण आफ्नो टिमले पराजयको पिडा बेहेर्नु परेको प्रतिकृया दिए।
फागुन ३ गतेसम्म संचालन हुने भलिबल प्रतियोगिताको विजेता टिमले एक लाख र उपविजेताले ५० हजार सहित ट्रफि पाउने छन्। मंगलवारको पहिलो खेल ससस्त्र प्रहरी क्लव र कुच विहार भारत दोस्रो खेल पश्चिमाअञ्चल भलिबल संघ तथा तेस्रो खेल न्यु डाइमण्ड एकेडेमी र ससस्त्र प्रहरी क्लवविच हुने छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,