भाईराम चौलागाई / एचकेनेपाल डट कम –
कुवैत सिटी, १० फेब्रुअरी। एन आर एन ए कुवैतको बिशेष् भेला बृहत् छलफलका साथमा कुवैतको जिलिबस्थित ह्र्दम हलमा सम्पन्न भएको छ। भेलामा एन आर एन ए कुवैतको नजिकिदै गरेको तेस्रो अधिबेशनका लागि निर्बाचन समिति, नेपाली दूताबास कुवेतमा डेस्क राख्ने सम्बन्धमा र कुवेतमा रहेका नेपाली संघ संस्थाहरुले कुन रुपले एन आर एन ए कुवेतलाई हेरेका छन् भन्ने मुलभूत बुंदा दिदै यस बिषयको वरिपरि रहेर विचार बिमर्श गर्न एन आर एन ए कुवैतका महासचिब कल्याण कुमार श्रेष्ठले आग्रह गर्दै संचालक इन्द्र भुसाल लाई माइक हस्तान्तरण गर्नु भएको थियो।

एन आर एन ए कुवैत अध्यक्ष राजेन्द्र तामांगको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्यबेक्षक खाडी न्युज डट कम का प्रधान सम्पादक भाईराम चौलागाई, कुवैत नेपाल डट कमका प्रधान सम्पादक जय आले, मरुभूमिको कोसेली पत्रिकाका प्रधान सम्पादक तोया नाथ दाहाल र बुद्धिजीबी किरण पौडल रहनु भएको थियो।

कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाली संघसंस्थाका प्रतिनिधि, पत्रकार, समाजसेबी बुद्धिजीबीले नेपाली श्रमिकको पक्षमा उल्लेखनीय कार्य गर्न नसकेको आपसी विवादको घेरामा फसेको नेपाली दूताबाससंग सहकार्य गर्न नसकेको नगरेको गुनासो गरेका थिए भने अबको नेतृत्व छबि भएको व्यक्ति हुनु पर्ने नेपाली दूताबाससंग सहकार्य गर्दै दूताबासमा डेस्क राख्नु पर्ने मध्य पूर्बले एन आर एन को नेतृत्व लिनु पर्ने र खाडी मुलुकबाट फर्कने कामदारहरुलाई नेपालको बिमानस्थलमा सम्मानजनक ब्यबहार गर्न सम्बन्धित निकायमा पहल गर्नु पर्ने र सहमतिमा नै नयाँ नेतृत्व चयन हुनु पर्ने धारणा राखेका थिए।

कार्यक्रममा आफ्नो धारणा राख्दै माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबका अध्यक्ष धर्मराज गिरिले कुनै पनि दाबेदार सर्ब(सहमत नभएको खण्डमा अध्यक्ष पदका लागि आफू उमेद्धारी दिने बताउनु भयो। यस्तै कोअर्डिनेटरका लागि सुजन केसी र महासचिबका लागि राजन रिमालले उमेद्धारी दिने बताएका थिए।

कार्यक्रमको अन्तमा बोल्दै एन आर एन ए कुवैत उपाअध्यक्ष राजु थापाले आयजोकको तर्फबाट बक्ताहरुको जिज्ञासा एन आर एन ए को सदस्यता वितरण सम्बन्धमा उमेद्धारी दर्ता सम्बन्धमा र निर्बाचन भएको खण्डमा निर्बाचन समयावधि दुर्इ दिनकै राख्नु परेपनि आफूहरु तयार रहेको र जस्तो सुकै परिस्थितिमा पनि निस्पक्ष र पारदर्शी तरिकाले अधिबेशन सम्पन्न गर्ने बताउनु भयो। एन आर एन ए कुवैत अध्यक्ष राजेन्द्र तामांगले आफूले दुई कार्यकालमा तिता मिठा अनुभव बटुलेको बताउनु भयो ठट्यौली पारामा उहाँले आफ्ना दुइ कार्यकालहरु पहिलो सिक्दा सिक्दै र दोश्रो बिबादै बिबादैको घेरामा बितेको बताउनु भएको थियो।

अब आउने नेतृत्व स्वच्छचुस्त रही आम प्रबाशीको हक अधिकारका लागि लागि परी कुवेतमा आफ्नो छबि उच्च बनाउनु पर्ने देखिन्छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस