सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २८ माघ। पूर्वमै पहिलो पटक सुनसरीको धरानमा अन्तर्राष्ट्रिय आमन्त्रण इजी राइर्डस महिला भलिवल प्रतियोगिता सुरु भएको छ।

पूर्वाञ्चल भलिबल संघको आयोजनामा आज धरान १२ स्थित पब्लिक खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले गरेका थिए।


तस्वीरः सन्तोष काफ्ले /एचकेनेपाल डट कम

प्रतियोगिताका उद्घाटन खेलमा आयोजक पूर्वाञ्चल भलिबल संघलाई पश्चिमाञ्चल भलिबल संघले पराजित गरेको छ। पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–८, २५–१४ र २५–११ को सोझो सेटमा पराजित गरेको थियो। जित सगै पश्चिमाञ्चले ३ अङ्क जोडेको छ भने पुर्वाञ्चल शून्यमा चित्त बुझाएको छ। दुई अन्तराष्ट्रिय खेलाडी मञ्जु गुरुङ र ऋषीसरा थापा सहित मैदानमा उत्रिएको पश्चिमाञ्चलले पूर्वाञ्चललाई पुरै दवाव मा राखेको थियो। गुरुङको कप्तानिमा मैदानमा उत्रिएको पश्चिमाञ्चल पूर्वाञ्चल भन्दा निकै सशक्त देखिएको थियो। जीवनी राईको कप्तानिमा मैदानमा देखा परेकोपूर्वाञ्चलका खेलाडीहरुले भने खेलमा आफ्नो कौशलता देखाउन सकेनन्।

दर्शकको राम्रो साथ पाएको पूर्वाञ्चलमा खेलाडीमा आपसी तालमेल नमिलेका कारण सोझो सेटमा पराजित हुन परेको थियो। यी दुवै ले टिमले अवको खेलमा नेपाल पुलिस कल्वको सामना गर्ने छन्। लिग कम नकआउट को आधारमा हुने प्रतियोगिताको लिग चरण अन्तगर्त सोमवार समूह बी मा रहेको न्यु डाइमन्ड एकेडेमी काठमाडौ र कोच विहार भारत विच पहिलो र समूह ए मा रहेको आज पराजित भएको पूर्वाञ्चल र नेपाल पुलिस क्लवविच हुने संयोजक थमन गुरुङ ले जानकारी दिए।

एक अन्तराष्ट्रिय टिम सहित ६ टिम सहभागी रहेका प्रतियोगिता फागुन ३ सम्म चल्ने संयोजक गुरुङले जानकारी दिए। प्रतियोगिताको उद्घाटन गर्दैै प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव लामाले नेपालमा महिला भलिवल दुलर्भ हुदै गएको अवस्थामा पूर्वमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेको पूर्वाञ्चल भलिवल संघलाई धन्यवाद दिनु भयो। लामाले प्रतियोगिताकाले नेपालको महिलाको विकास र यस खेलप्रति सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे।

सो अवसरमा लामाले पूर्व अन्तर्राष्ट्रिय भलिवल खेलाडीहरु गंगा बहादुर थापा मगर ऋषी राज आचार्य र दिपक सापकाटालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।

इजी राइडर्सको मूख्य प्रायोजन तथा आबीएम विग इन्टरप्राइजेज सह प्रायोजक रहेकने प्रतियोगिताको विजयी टिमले ट्रफीसहित नगद १ लाख तथा उवविजेताले ट्रफीसहित ५० हजार पाउने छ। त्यस्तै तेस्रो र सान्तन्वले क्रमश नगद २५ र १० हजार पाउने आयोजकले जनाएको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस