एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २८ माघ । एकीकृत नेकपा माओवादीका महासचिव पोष्टबहादुर बोगटीले प्रधानन्यायधिको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रस्ताव पार्टीकै भएको स्पष्ट पारेका छन्।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका उनले महाधिवेशन आयोजक समितिले अनुमोदन गरेको प्रस्तावलाई अध्यक्षले महाधिवेशनमै प्रस्तुत गरेकोले पनि यो प्रस्ताव पार्टीको भएको तर्क गरे। बोगटीले अध्यक्ष प्रचण्डले सो प्रस्ताव पार्टीको नभएको भनि आएको समाचार सत्य नभएको दावी गर्दै भने–हिजो राष्ट्रपतिसँगको छलफलमा यस्तो कुरा अध्यक्षले भन्नु भएकै छैन।
साक्षात्कारमा बोगटीले बंगलादेशमा निर्वाचनलाई निष्पक्ष बनाउन संविधानमा नै चुनावी सरकारको नेतृत्व प्रधानन्यायधिसले गर्ने ब्यवस्था गरेको उल्लेख गर्दै नेपालको राजनीतिक अवस्थामा पनि जटिल भएकोले प्रधानन्यायधिसको नेतृत्व उपयूक्त हुने विश्लेषणसहित प्रस्ताव ल्याएको स्पष्ट पारे। उनले पार्टीको पछिल्लो प्रस्तावमा विपक्षी दलहरुसमेत सकारात्मक देखिएको भन्दै एक साताभित्रमा सहमति बन्न सक्ने सम्भावना पनि साक्षात्कारमा औल्याए।
प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार तत्काल विदा हुन चाहेको उल्लेख गर्दै उनले एक साताभित्र प्रधानन्यायधिसको नेतृत्वको विषयमा सहमति गरे आफूहरु सरकार छाड्न हतारिएर बसेको बताए । प्रतिपक्षले उपयूक्त विकल्प नदिई अडान लिएकोले सरकारको आयू बढेको बोगटीको तर्क थियो। एमाओवादीको तर्फबाट अन्तिम विकल्पको रुपमा प्रधानन्यायधिसको नेतृत्वको प्रस्ताव प्रस्तुत गरिएको स्पष्ट पार्दैै अब आफूहरुले कुनै विकल्प प्रस्तुत नगर्ने, विपक्षीलाई अमान्य भए आफै उपयूक्त विकल्प ल्याउन सुझाव दिए। बोगटीले भने–सहमतिको लागि विकल्प दिनु पर्छ अडान लिएर हुँदैन। सहमतिको लागि गिभ एण्ड टेक आवश्यक छ। माओवादीले विकल्प दिएको हो। यसलाई बोली फेरेको भन्न मिल्दैन।
आफूहरुको सबै विकल्पलाई अस्विकार गरेर विपक्षीले आफ्नो नेतृत्वको सम्भावना आफै टारेको दावी गर्दै बोगटीले प्रधानन्यायधिसको नेतृत्वमा सरकार गठन गर्ने प्रक्रियाको लागि संविधानसंसोधन लगायतका सबै प्रक्रिया मिलाउने विषयमा छलफल गर्न विपक्षी दलहरुलाई आब्हान समेत गरे। पार्टी शान्ति प्रक्रियामा आईसकेको अवस्थामा नयाँ कार्य दिशा आवश्यक रहेकोले पनि हेटौडामा सम्पन्न सातौ महाधिवेशन ऐतिहासिक भएको उल्लेख गर्दै महाधिवेशनले जनवादी क्रान्तिका बाँकी कार्यभारहरु पुरा गर्दै समाजवादी क्रान्तिको तयारी गर्ने पार्टीको दिर्घकालिन कार्यदिशा तय भएको जानकारी दिए।
पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान र संविधानसभा बाटै संविधान पार्टीको तत्कालिन कार्यदिशा भएको जानकारी दिदै पार्टी जीवनको आर्थिक रुपान्तरण गर्न उत्पादन व्रिगेडको कुरा गरिएको र यसलाई सहकारीको माध्यमबाट अघि बढाउने बताए। उनले केन्द्रीय समितिलाई समावेशी र गतिशिल बनाउन मधेसी , जनजाती, महिला सहित यूवाहरुको सहभागिता बढाउन ५३ जना मनोनित गर्ने प्रावधान राखेको समेत साक्षात्कारमा स्पष्ट पारे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,