एचकेनेपाल डट कम संवाददाता-
पोखरा,२३ फागुन । लेखनाथ नगरपालिकाकी एक महिलाले शरीरमा मट्टितेल खन्याएर दुई छोरीसहित आत्महत्या गरेकी छन्।
सिसुवा चोकमा कोल्ड स्टोर चलाउँदै आएकी ३२ वर्षीय सीता ओझाले गएराति दुई छोरी समेतलाई जलाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
सीताले राति करीव १ बजे छोरीको कोठामा गएर मट्टितेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ। सीता र उनका १३ वर्षीया जेठी छोरीको गण्डकी अस्पताल र ८ वर्षीया कान्छी छोरीको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
घटनाबारे आवश्यक अनुसन्धानको लागि सीताका श्रीमान शिव ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस