निमकान्त पाण्डे / एचकेनेपाल डट कम-
युएई ९ फेब्रुरी। नेपाली यातायात मजदुर ‘सबारी चालक’ हरुले आफ्नो यातायात मजदुर संगठन बिस्तार गरेका छन्।

युएईमा यातायात पेशामा कार्यरत रहेका मजदुरहरुले संवेदनशील पेशा भएको हुदा आफ्नो संगठन बिस्तार गरेका हुन्। पूर्व अध्यक्ष सम्भुकुमार वाईवाको अध्यक्षतामा बसेको मजदुर मञ्चको बिशेष भेलाले मंचको भब्य रूपमा विस्तार गर्दै बिगतका काम कारबाही संगठनका गतिबिधि यातायात मजदुरहरुको बारेमा जानकारी गराउदै यातायात पेसा आफैमा संबेदनशील साथै जोखिमपूर्ण भएकोले चालकहरु मिलेर आफूहरुबीच सहयोग आदान प्रदान गर्दै जाने बाताउदै युएईमा समस्या दिनहूं बढ्दै जाने क्रम भएकोले यसको समाधान गर्ने र दुर्घटना पर्दा आर्थिक सहयोगदेखि रक्तदान जीवन दान गर्न समेत पछाडि पर्न नहुने धारण वाईबाले राख्ननु भएको थियो।

पेशागत मान्यता राखेको यस मंचले सबैलाई समाबेश गराउदै जानु पर्नेमा सबै एकमत भएको उक्त कार्यक्रममा डिउटीका कारण उपस्थित हुन नसक्ने एउटै पेशामा आबद्ध सबैलाई समाबेश गर्दै जानु पर्नेमा कृष्ण आचार्य, केशब ज्ञावाली, नेत्र अर्याल, रतन सारु, महादेव बिक, होम बिक, प्रेम बगल्दार्ले आ(आफ्नो धारणा राखेका राख्नु भएको थियो। राजनैतिक बिचार आफ्नो ठाउंमा छ हामीले समाउने ठाउं भनेको यातायात मजदुर संगठन र यहाँबाट नेपाल जाने साथीहरुलाई पेशागत हिसाबले स्थापित गर्दै जाँदा सजिलो पर्ने धारणा बाबुराम बिकले राख्नु भएको थियो। श्रमजीबी मजदुरहरुका पक्षमा मजदुर पत्रकार नाराका साथ मजदुर अनलाईन डटकम प्रमुख सम्पादक निमकान्त पाण्डेलाई सूचना र संचारलाई अगाड िसबैका माझ ल्याउनका लाग ियथाबत बिगतको जिम्मेवारी दिईएको छ। बरिष्ठ सल्लाहकारमा शम्भु कुमार वाईबासहित कुल बहादुर आचार्य र बाबुराम बिक सल्लाहकार हुनुहुन्छ।

सूर्यमणि ज्ञवालीको अध्यक्षतामा, रामकुमार रिजाल, बलबहादुर बिक उपाध्यक्ष, सचिब(होम बिक, कोषाध्यक्ष (महादेव बिक, सह(कोषाध्यक्ष प्रेम बहादुर बगल्दार र प्रबक्ता नेत्र अर्याल रहनु भएको छ भने केन्द्रिय सदस्यहरुमा केशब राज ज्ञावाली, कृष्ण आचार्य, ऋतु राई, रतन सारु, सुन्दर पाण्डे, बिक्रम लामा, बालकृष्ण गुरुङ, ईसक अली, मिलन गुरुङ, बाबुराम आचार्य र तीन जना पछि थप्ने गरी २१ सदस्यीय केन्द्रिय समिति गठन भएको छ। नव नियुक्त अध्यक्षले युएईमा यातायात पेशामा कार्यरत नेपालीहरुलाई यस संगठनमा आबद्ध भई सहयोग आदान प्रदान गर्न सबैलाई अनुरोध गर्नु भएको छ भने मजदुरहरुको सहयोगको निम्ति आफूले सक्दो कोसिश गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस