Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

प्रचण्डले आत्मालोचना नगरेसम्म कुरा मिल्दैनः पौडेल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २७ माघ । नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफै नाम मागेर काग्रेस सभापति सुशिल कोइरालालाई प्रधानमन्त्रीको रुपमा नमानेको विषयमा एमाओवादी अध्यक्ष प्रचण्डले आत्मालोचना नगरेसम्म कुनै पनि विकल्पमा कुरा मिल्नै नसक्ने बताएका छन्।

Ram chandra paudelउनले प्रचण्डले किन कोइराला स्विकार्य नभएको भन्ने स्पष्टिकरण सहित आत्मालोचना गरे काग्रेस अरु विकल्प दिन समेत तयार रहेको स्पष्ट पारे। हिमालय टेलिभिजनमा आरडी सोमा बोल्दै उनले कुनै पार्टीको भेलाबाट मुलुकको प्रधानमन्त्री घोषणा गर्नु सहमतिको संस्कार नभएको भन्दै त्यस्तो प्रस्ताव कुनै पनि हालतमा स्वीकार्य नहुने बताए।

पौडेलले भने–कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा पार्टीहरुको बैठकमा विकल्पको रुपमा प्रस्ताव गर्नु पर्छ। पार्टीको भेलाबाट होईन। यसरी ल्याएको प्रस्ताव मान्दैनौ। प्रधानन्यायाधिस खिलाराज रेग्मीको क्षमतामा आफूहरुलाई कुनै शंका नभए पनि न्यायालयलाई कमजोर बनाउने र विवादमा पार्ने प्रचण्डको षडयन्त्र भएकोले यो प्रस्ताव स्वीकार्य हुनै नसक्ने स्पष्ट पारे।

एकीकृत नेकपा माओवादी निर्वाचन भन्दा पनि अहिले सत्ताको आयू लम्ब्याउने योजनमा रहेको भन्दै अब आन्दोलनबाटै बाबुराम भट्टराई नेतृत्वको सरकारलाई ढाल्ने चेतावनी दिए। उनले भने–अब आन्दोलनबाटै यो सरकार ढल्छ त्यसपछि राष्ट्रपतिले संविधानको संरक्षकको हैसियतले भूमिका खेलेर यो सरकार हटाएर नयाँ सरकार गठन गर्नु पर्छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by