एजेन्सीहरु / एचकेनेपाल डट कम-
नयाँ दिल्ली, २७ माघ। भारतीय संसद भवनमा आक्रमण गर्ने योजनाकारमध्ये एक अफजल गुरुलाई शनिवार बिहानै फाँसी दिइएको छ।
अफजलाई स्थानीय समय अनुसार शनिवार बिहान साढे ७ बजे दिल्लीको तिहाड जेलमा फाँसी दिइएको हो। उनलाई फाँसी दिइएको भारतीय गृहमन्त्रालयले पुष्टि गरेको छ।
उनलाई फाँसी दिएपछि भारतभर शान्ति सुरक्षामा कडा व्यवस्था गरेको छ। यसैबीच, जम्मु काश्मिरमा स्थानीय प्रशासनले अनिश्चिकालीन कर्फ्यू जारी गरेको छ।
सन् २००१ डिसेम्बर १३ तारिख भारतीय संसद भवनमा भएको आक्रमणमा ९ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेहरुमा अधिकांश सुरक्षाकर्मी र केही आतंककारी पनि थिए। संसदमा भएको आक्रमणमा अफजलाई दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो। अफजलाई मृत्युदण्ड रोक्न उनकी पत्नीले दिएको क्षमादानको याचनालाई राष्ट्रपति प्रणव मुखर्जीले शुक्रवार खारेज गरिदिएको थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,