– झक थापा मगर

प्रिय! म सोजु पिएर,
“सम्झिन खोजेर सम्झिन नसकेको क्षणहरु सम्झन मन छ,
भुल्न खोजेर भुल्न नसकेका क्षणहरु वल्झाउन मन छ”
“मुटुको धड्कन थियौ तिमी,
दोबाटोमा छोडि हिंड्यौ मलाई किन? प्रश्न सोध्न मन छ”
“विछोड दुखेर वर्षेको बदनाम मेरो आंसु फूलमा,
किन होला तिम्रै तस्विर कोर्न मन छ”
“आंखामा वे-हिसाब आंसु दियौ तैपनि,
पीडाहरु मुटुमा बोकेर भएपनि तिमीले गरेका वाचाहरु सम्झिन मन छ”
“विसङ्गति रातहरुले गिज्याउने मेरो जिन्दगीलाई कसैको अंञ्जुलीमा पोख्न मन छ,
तिमी संग ओझेल परेका दिन रातहरु संझेर धुरुधुरू रुन मन छ”
“अविश्वासको बजारमा विश्वासको लिलामी हुंदा सन्यासी भएर हिंडन् मन छ,
सागरको एक अंञ्जुली लहरसंगै आफै दूर क्षितिजमा बगी जान मन छ”
“जिन्दगीको अर्थ खोज्दा- खोज्दै आफै अर्थहरुको भिडमा एक्लै हराउन मन छ,
खुला आकाशको सिरक ओढेर कसैलाई एकान्तमा विरहको गीत सुनाउन मन छ”
“नशामा धुत भएर प्रवासमा भोगेको पीडा… र,
देश दु:ख्नुको व्यथाहरु आफै भित्र लुकाउन मन छ”
“आंखा भरि आंसु र मन भरि पिर लिएर,
बांचेको यो जिन्दगीलाई कतै टाढा लगेर विसाउन मन छ”
“निष्ठुरीले छोडि हिंड्यौ तैपनि,
हृदयमा सांचेको थुङ्गा छ फूलको भेटेर तिमीलाई अन्तिम उपहार दिन मन छ”

स्याङ्जा (सउल कोरिया)


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस