टोक्यो जापान-
बिगत बर्षहरूमा झै नेपाल तामाङ समाज जापानले तामाङ जातिको महान पर्व २८४९ औँ सोनाम ल्होछार ृनया बर्षे यहि ११ फेब्रुअरी सोमबारको दिन टोक्यो मा भव्यताका साथ मनाउने भएको छ।

नेपाल लगायत विश्व भरि रहेका तामाङ समुदायले मनाउने यस महान पर्ब आउदो हप्ता केहि दिनको लागि लगातार बिभिन्न खेलकुद प्रतियोगिता, मिस तमाङ प्रतियोगीता, सांगीतिक कार्यक्रम साथै आमसभा, ल्होछार बिशेष सभा गरि खुलामञ्च टुडिखेलमा मनाउन लागिरहेको छ।

स्मरण रहोस् तामाङ, गुरुङ र शेर्पा जातिले मनाउने पर्ब ल्होछार र लोसारलाई नेपाल सरकारले राष्ट्रिय पर्बको रुपमा ग्रहण गरि गणतन्त्रको घोषणापछि सार्वजनिक बिदा दिने गरेको छ।

साझको ५:३० बजेदेखि रात्रि भोजसहित शुरु हुन लागेको सो कार्यक्रममा शुभकामना अदान प्रदान, बिभिन्न सास्कृतिक साथै मनोरञ्जनात्मक कार्यक्रमको पनि व्यवस्था गरिएको समाजका अध्यक्ष सुकुमान तामाडले जानकारी दिनु भएको छ।

जापान स्थित सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाईहरुलाई उपस्थित भई ल्होछार कार्यक्रम सफल पारी दिनु हुन नेपाल तामाङ समाज जापानले हार्दिक अनुरोध समेत गरेको छ।

कार्यक्रमको थप जानकारी
स्थान: स्माया रेस्टुरेन्ट [ JR लाइन गोतान्दा स्टेसन]
५-२८-१२ हिगासि गोतान्दा
सिनागावा, टोक्यो।
समय: बेलुकी ५:३० बजेबाट
प्रबेश शुल्क:
महिला ३०००यन
पुरुष ३५०० यन
(खाना र पिउन सहित)

थप जानकारीको लागि सम्पर्क ।
१- तारा गोले ०८०३४७५४६६४
२- सन्जिब तमाङ ०८०३५१८९९०२
३- सुकुमान थिङ ०९०६४७०४४९२
४- कुमार मोक्तान ०८०३९०३३२६
५- मंगल तामाङ ०८००८५००९८
६- हवलचन्द्र लामा ०८०३२१६५४६६

हवल चन्द्र लामा तामाङ
महा-सचिब
तामाङ् समाज जापान
टोक्यो

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस