विजय थापा/ एचकेनेपाल डट कम-
भर्जिनिया, अमेरिका। एनआरएन, एनसीसी, अमेरिका (गैर आवासीय संघ,राष्ट्रिय समन्वय समिति) अध्यक्ष प्रल्हाद केसी अहिले मातृभूमि नेपालको भ्रमणमा रहेका छन्। अमेरिकामा बसोबास गर्ने समस्त प्रवासीहरुको साझा समस्या र एनआरएन अमेरिकाले मुलुकको बिकासको लागि लिएर हिडेको बिभिन्न योजनालाई मूर्त रुप तथा कार्यान्वन गर्न आफू नेपाल पुगेको केसीले बताए।

महत्वाकांक्षी उद्देश्य बोकेर पुगेका केसी निरन्तर रुपमा समय ब्यबस्थापन गर्दै चरणबद्ध रुपमा भेटघाट गर्ने क्रममा पूर्व प्रधानमन्त्री माधव नेपालसंग भेटघाट गरेका छन्।

भेटघाटको क्रममा अध्यक्ष केसीले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति अमेरिकाको तर्फबाट अमेरिकामा रहेका धेरै नेपालीहरुले बिभिन्न क्षेत्रमा लगानी गर्न चाहेका भन्दै यसको लागि सरकार तथा राजनैतिक दलहरुले लगानी कर्ताहरुको लगानीको सुरक्षाको प्रत्याभूति गर्नु पर्ने र लगानीलाई झन्झटमुक्त बनाई सरल गराउनु पर्ने आग्रह गरेको जानकारी दिए। भेटघाट गर्ने क्रममै दोहोरो नागरिकता र दोहोरो करको लागि सरकार तथा राजनैतिक दलहरुले बिचार गर्नु पर्ने कुराको जोड दिएका थिए। एन आर एन, अमेरिकाले जल बिद्युतमा ठूलो लगानी गरिसकेको र अझ पनि अमेरिकामा मुलुकको राजनैतिक स्थितिले गर्दा लगानी गर्न बिश्वासको वातावरण नभएको जानकारी गराएको बताए।

एनआरएन अमेरिकालाई अझ सशक्त र क्रियाशील बनाउने हेतुले स्वास्थ्य मन्त्री राजेन्द्र महतो तथा पूर्व विदेश मन्त्री तथा उपप्रधानमन्त्री सुजाता कोइरालासंग पनि भेट गरि अमेरिकामा बस्ने प्रवासी नेपालीहरुको तर्फबाट दोहोरो नागरिकता र दोहोरो कर सम्बन्धि कुरा उठाएको र दुबैले सकारात्मक रुपमा लिएको जानकारी दिए। शिघ्र राष्ट्रपति र अमेरिकन राजदूतसंग पनि भेट्ने योजना रहेको बताए।

यसै बीच, माघ २०गते काठमाडौँको शंख उद्यान (पार्क)मा आयोजित मोरंग जिल्ला, सिजुवा समाजको तत्वधानमा एन आर एन अमेरिकाका अध्यक्षको प्रमुख आतिथ्यमा बार्षिक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा करीब ३०० जना जति बिभिन्न ब्यबसायमा संलग्न रहेका काठमाडौँभित्र बसोबास गरेका सिजुवा समाजका सदस्यहरु रहेका थिए भने यसको मुख्य उद्देश्य भै परि आउने आर्थिक तथा अन्य सहयोग जुटाउने लक्ष्य रहेको समाजले अवगत गराएको थियो। समाजमा बिभिन्न राजनैतिक विचार र आस्थाका सदस्य रहेता पनि सहयोग समयमा राजनैतिक कुरालाई किनारा लगाउदै मानवीय सेवामा लाग्ने भनि समाजले जनाएको कुरा अध्यक्ष केसीले जानकारी दिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस