एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २४ माघ। नाट्यसम्राट् बालकृष्ण समको १११ औँ जयन्ती एक काव्यसभाको आयोजना गरी राजधानीमा मनाइएको छ।
समको जन्मजयन्तीको अवसरमा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले समका साथै कविशिरोमणि लेखनाथ पौडयाल र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदका सालिकमा माल्यार्पण गर्नुभयो।
बालकृष्ण सम फाउन्डेशनका संयोजक तथा विश्व नारी नेपाली साहित्य सम्मेलनका अध्यक्ष प्रा.डा.गार्गी शर्माको सभापतित्वमा सम्पन्न काव्यसभामा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, सदस्यसचिव नरेन्द्रराज प्रसाई तथा १११ औं सम जयन्ती समारोहका सञ्चालक ठाकुर बेलवासेले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जलि हुन्छ भन्नुभयो।
त्रिमूर्ति निकेतनद्वारा आयोजित सो काव्यसभामा अरूणा वैद्य, विमला तुम्खेवा, बाबा वस्नेत, यादव भट्टराई र ठाकुर बेलवासेले कविता वाचन गर्नुभएको थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b