एचकेनेपाल डट कम संवाददाता-
वीरगञ्ज, २२ माघ। अपहरित बालकको उद्धारको क्रममा प्रहरी र अपहरणकारीबीच भिडन्त हुंदा दुई अपहरणकारीको मृत्यु भएको छ।

नौ दिनअघि वीरगञ्जको आदर्शनगरबाट अपहरण परेका ८ वर्षीय बालक सुलोक अग्रवालको प्रहरीले सोमवार विहान सकुशल उद्धार गरेको छ भने दुई जना अपहरणकारी भेडिहारी निवासी २२ वर्षीय सञ्जय गिरी र हरपुर गाउँ निवासी विन्देश्वरको मृत्यु भएको छ। उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। भिडन्तमा दुई जना प्रहरीसमेत घाइते भएका छन्। घाइते प्रहरीद्वय सूर्यबहादुर तामाङ र बाधाबहादुर थापाको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये बालककै आफ्नै काका कुणाल अग्रवाल समेत रहेका छन्। उनी अपहरणको मूख्य योजनाकार रहेको प्रहरीले दाबी गरेको छ। पर्साका प्रहरी प्रमुख पीताम्बर अधिकारीका अनुसार प्रहरीले यस अघिनै आफ्नै काकाले अपहरण गरेको अनुसन्धानबाट पुष्टि भएको भएपनि बालकलाई मार्न सक्ने भन्दै गोप्य राखिएको थियो। कुनाल अग्रबालले फिरौतिका लागि अपहरण गरि स्थानीय पन्नालाल सहनीको घरमा बन्धक बनाइ राखेको प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


arrest

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस