Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

भ्लादिमिर पुटिन रूसको राष्ट्रपतिमा निर्वाचित

एचकेनेपाल डट कम संवाददाता-
मस्को, २२ फागुन । रूसका प्रधानमन्त्री भ्लादिमिर पुटिन तेश्रो पटक राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनले आइतवार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा ६० प्रतिशत मत ल्याएर विजयी भएको समाचार एजेन्सीहरूले बताएका छन्।

उनी आफ्ना प्रतिद्वन्दी गेनडी ज्यूगानोवभन्दा अत्यधिक मत अघि रहेका थिए भने वामपन्थी पार्टी नेता ज्यूगानोवले केवल १७ प्रतिशत मत पाएका थिए।

पुतिन यसअघि रूसमा दुई कार्यकाल राष्ट्रपति बनिसकेका छन्। उनी विगत ४ वर्षदेखि रूसका प्रधानमन्त्री छन्।

विशाल जनसभालाई संवोधन गर्दै भ्लादिमिर पुटिन।

उनका विपक्षीहरूले चुनावमा धाँधली भएको आरोप लगाएका छन्। कतिपयले एकभन्दा बढी मतदान गरेको उनीहरूको जिकिर गरेका छन्। चुनावमा धाँधली भएको भन्दै सोमवार मस्कोमा विरोध प्रदर्शनी गर्ने भएका छन्।

यसअघि, पुटिनले चुनावको नतिजा घोषणा हुनुअघि जीत निश्चित भएको भन्दै विशाल जनसभामार्फत देशका कुना कुनामा रहेका सबै समर्थकहरूलाई धन्यवाद ज्ञापन गरेका थिए। ‘मैले कसम खाएको थिएं हामीले जित्ने छौं, हामीले जित्यौं।’ त्यसो भनिरहंदा उनका आँखाबाट हर्षका आँसु बगिरहेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by