एचकेनेपाल डट कम संवाददाता-
मकवानपुर, २० माघ। एकीकृत नेकपा माओवादीको एकताको सातौं अधिवेशन शनिवारदेखि मकवानपुरको हेटौडामा सुरु भएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सात वटा पानसमा दीप प्रज्वलन गरेर सुरु भएको अधिवेशनको उद्घाटन समारोहमा पार्टी तथा विपक्षी दलका शीर्ष नेताहरु कांग्रेस नेता रामचन्द्र पौडेल, एमाले नेता वामदेव गौतम, राप्रपा अध्यक्ष पशुपति शमशेर राणा , राष्ट्रिय जनशक्तिका अध्यक्ष सुर्यवहादुर थापा, सद्भावनाका राजेन्द्र महत्तोसहित नेपालस्थित चीन, रुस, उत्तर कोरियालगायतका राजदूत तथा विदेशी पाहुनाहरु उपस्थित छन्।

‘क्रान्तिकारी कार्यदिशालाई नयाँ उचाईमा विकास गरौ, एकताको सातौ महाधिवेशन सफल पारौ’ भन्ने मूल नारासहित सुरु भएको सातौ अधिवेशनबाट २०४८ सालमा चितवनको माडीमा भएको महाधिवेशनले तय गरेको दिर्घकालीन जनयुद्धको दिशामा अघि बढ्ने निर्णयलाई परित्याग गर्दै जनवादी क्रान्तिलाई पूर्णता दिई समाजवादी क्रान्तिको आरम्भ गर्ने रणनीति बनाउने निर्णय गर्नेछ।

भूमिगत अवस्थामा ६ वटा महाधिवेशन सम्पन्न गरेको माओवादीको यो पहिलो खुला महाधिवेशन हो। माघ २० देखि २५ गतेसम्म सञ्चालन हुने सातौं महाधिवेशनमा करीव ३५ सय प्रतिनिधि र ५ सय पर्यक्षेकहरु सहभागी हुने छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस