आम्भु जेठा / एचकेनेपाल डट कम-
हङकङ, २ फेब्रुअरी। एकीकृत नेकपा माओवादीको एकताको सातौं अधिवेशनमा सहभागी हुन हङकङका एक माओवादी टोली नेपाल पुगेको छ। महाधिवेशनमा भाग लिनको लागि हङकङबाट पार्टीको निवर्तमान सचिव जे.वी. ओख्राबुको संयोजकमा चार जना प्रतिनिधि र दुई पर्यवेक्षक गरी ६ जनाको टोली नेपाल पुगेको हो।
पार्टीको निवर्तमान सचिव जस बहादुर ओख्रावु (जे. वी), अधिवेशन संयोजक तुलाजङ गुरुङ, एकीकृत नेपाली मञ्चको महासचिव राजु गुरुङ (एस वी), निवर्तमान सहसचिव पवन वस्नेत गरी चार जना प्रतिनिधिको रुपमा सातौं महादिवेशनमा भाग लिने छन् भने एकलाल गहतराज र जातिय मोर्चाको तर्फबाट ललित आङवोहाङले पर्यवेक्षकको रुपमा भाग लिने जनाइएको छ।
त्यस्तै, एकीकृत नेकपा माओवादीको हङकङमा रहेको खुला मञ्च (सामाजिक संस्था) एकीकृत नेपाली मञ्चमा सदस्य थप गरी कार्य विभाजन गरेको छ। समितिको आइतवार वसेको वैठकले संजय गुरुङ ‘अशोक’ लाई सदस्यमा नियुक्त गरि विभिन्न उप समितिहरु गठन गरेको छ।
उपसमितिमा संगठन विस्तार संयोजक राजु गुरुङ “एस वी”, सह संयोजक दुर्गा गुरुङ “मिलन” रहेको छ भने प्रवक्तामा गोविन्द कुमार गुरुङ, प्रचार–प्रसार विभागमा रविन लिङदेन, नैन सिं गुरुङ, खेलकुद विभागमा रविन नाल्बो, जजिन चाम्लिङ, साँस्कृतिक विभागमा केशव राई, देवीदास राई, आर्थिक विभागमा मनप्रसाद गुरुङ, अर्जुन राना लगायत अन्य उपसमितिहरु गठन गरी कमिटिमा सुधार गरिएको महासचिव राजु गुरुङले वताएका छन्।
बैठकले एकीकृत नेकपा माओवादीको सातौं महादिवेशनमा भाग लिनको लागि महासचिव राजु गुरुङ “एस वी” लाई विना विवाद सर्वसम्मतले चयन गरेको छ। जिल्ला कमिटिको अघिल्लो आइतवार बसेको बैठकमा निर्णय भए अनुसार पार्टीको खुला मञ्चलाई एक प्रतिनिधि र एक पर्यवेक्षक दिने निर्णय गरेको थियो भने जातिय मोर्चाहरुमा एक पर्यवेक्षक दिने निर्णय गरेको मञ्चका अध्यक्ष धिरेन्द्र चाम्लिङले बताए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b