आहा रारा गोल्डकपको उपाधि थ्री स्टारलााई (अपडेट)
एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २० माघ। आयोजक सहारा क्लव पोखरालाई पराजित गर्दै थ्रीस्टारले ११ औं आहा रारा गोल्डकपको उपाधि जितेको छ। शनिवार पोखरा रंगशालमा भएको फाइन खेलमा थ्रीस्टारले घरेलु टोलीलाई १-० ले पराजित गरेको हो।

तस्विरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

उपाधिको लागि सहारा र थ्री स्टार भिड्दै
दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, २० माघ। घरेलु मैदानमा १२ बर्षपछि पहिलो पटक फाईनलमा पुगेको आयोजक सहारा क्लबले लिगलिड थ्री स्टार क्वलसंग आहा रारा गोल्ड कपको उपाधिको आज शनिबार फाईनल खेलमा भिड्ने भएको छ।

लिगमा सर्वाधिक १६ गोल गरेका योनासहित ४ क्लवका ५ विदेशी खेलाडीसहित उपाधि जित्ने दाउमा उभिएको सहारा क्लब बिरुद्ध ८ जना अनुभवी खेलाडीहरु विना मैदानमा उत्रिन लागेको थ्री स्टारले भने लिगको साख जोगाउन पनि उक्त प्रतियोगिता जित्नु पर्ने दवावमा रहेको छ। उपाधि सहित ३ लाख ५१ हजार पुरस्कारको लागि दुबै टोलीले पोखरा रंगशालामा १ बजे पछि प्रतिष्पर्धामा उत्रिने भएको सहारा क्लबले जनाएको छ।


तस्विरः उमेश पुन र सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

लिगको दोश्रो स्थानमा रहेको विभागीय टोली नेपाल आर्मीलाई टाइब्रेरकको शिकार बनाउदै ४—२ को गोल अन्तरले पराजित गरी समूह बीको विजेता हुदै सहाराले फाईनलमा यात्रा बनाएको हो । समूह एको विजेता थ्री स्टारले भने सेमिफाईनलमा सामसुङ जाउलाखेल फुटवल क्लबलाई २–१ को गोल अन्तरले पराजित गरी फाईनलमा यात्रा बनाएको थियो।

क्याराभान गोल्ड कप देखि ६ पटकसम्म सेमिफाईनलबाट माथिको यात्रा बनाउन नसकेको सहाराले दुई पटक आहाको उपाधि जितेको थ्री स्टारसंग पोखराको मैदानमा दोश्रो पटक प्रतिष्पर्धा गर्ने तयारमिा रहेको हो। यस अघि २०६३ को पाँचौ आहा गोल्ड कपमा थ्री स्टारले सहारा क्लवलाई सेमिफाईनलमा ३–० ले पराजित गरेको थियो।

यसअघि सहाराले प्रि–क्वाटरफाईनल खेलमा मछिन्द्र क्लवलाई १–० ले पराजित गर्यो। सहाराले क्वाटरफाइनलामा मनाङ मस्र्याङ्गदीलाइ टाइब्रेकरमा ४–१ ले पराजित गरेको हो। आर्मीले प्रि–क्वाटरफाईनल खेलमा फेण्डस क्लबलाई ३–० र क्वाटरफाईनलमा पुलिसलाई २–० को गोल अन्तरले पराजित गरी सेमिफाईनलमा यात्रा बनाएको थियो। समूह एमा रहेको थ्री स्टारले आरसिटिलाई क्वाटरफाईनलमा टाईब्रेरमा ५–३ को गोल अन्तरले पराजित गरी सेमिफाईनलमा यात्रा बनाएको थियो। जाउलाखेलले उद्घाटन खेलमा धरान फुटवल क्लबलाई ४–२ को गोल अन्तरले, क्वाटरफाईनलमा भारतको गोर्खा विग्रेड फुटवल टिमलाई पराजीत गरी सेमिफाईनलमा यात्रा बनाएको थियो। आरसिटिले भने भारत कोलकत्ताको साउदर्न समितिलाई १–० ले पराजीत गरी क्वाटरफाईनलमा यात्रा बनाएको थियो।

आयोजक सहाराले बौद्ध, सरस्वती मध्यपुर र बाँसबारीका खेलाडिहरुलाई समावेश गरि आफ्नो टिम बलियो बनाएको हो । सहाराले बौद्धका मनबहादृुर तामाङ, सोविन श्रेष्ठ, आर्दश शाही, सुजन लामा, बुद्ध लामा, हेम तामाङ, सुसान तामाङ, महेन्द्रकुमार श्रेष्ठ, स्टेफन, भुपाल गुरुङलाई मैदान उतार्दै छ भने बासबारीका गोल रक्षक अजित प्रजापति, सरस्वतीका बोनि, माइकल, योना र वेजीयो पनि सहाराको जर्र्सीमा उत्रिदै छन । सहारको टिममा यसपाली पोखराका कम खेलाडहिरु समेटिएका छन । जय थापा, अविनास थकाली, आसिस अधिकारी,राजन अधिकारी, विवेक पन्त सहाराको टिमा समेटिएका हुन्। राष्ट्रिय फुटवल टिमको बन्द प्रशिक्षणमा आफ्ना ८ जना खेलाडी परे पछि थ्री स्टारले मध्यपुरका वालगोल साहुखल र जिवन सिन्केमानलाई आफ्नो जर्सिमा उतारेको छ। प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले टिभिएस मोटरसाइृकल प्राप्त गर्ने छ।

थ्री स्टारका प्रशिक्षक प्रदिप हुमागाईले सहाराको टिम यसपाली निकै मजवुद भएकोले उपाधि जित्नेमा दुबैको अवसर बराबरी भएको बताए। शुक्रबार सहारा क्लबमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै हुमागाईले आफ्ना ८ जना अनुभवी खेलाडहिरु नभए पनि आफूहरुसंग उत्तिकै टिम वर्क भएको दाबी गरे।

सहारा प्रशिक्षक किरण श्रेष्ठले आहा राराको सवै भन्दा दावेदारी आर्मी भएको बताउदै उक्त टिमलाई आफ्ना भरपर्दा ३ खेलाडी विना पराजित गरेकोले थ्री स्टार बिरुद्धको खेलमा सहज रुपमा जित्ने दाबी गरे । उनले भने थ्री स्टारका अनुभवी ८ जना खेलाडीहरु नभएको अबस्थामा त्यसको फाईदा उठाउदै आफुहरुसंग विदेशी खेलाडीसहित अन्य क्लबका खेलाडीहरु भएकोले शतप्रतिशत आफूहरुले जित्ने दाबी गरेका हुन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस