सन्तोष काफ्ले / एचेकनेपाल डट कम-
धरान, १९ माघ । नेपाली काग्रेसको दोस्रो धरान नगर भेलामा तनाव भएको छ। अतिथि आसनको बारेमा संस्थापन र प्रजातान्त्रिक समूह विच तनाव भएको हो।

तनावमा कारण केही वेर कार्यक्रम समेत अवरुद्ध भएको थियो। नेपाल विद्यार्थी संंघ सुनसरीका अध्यक्ष वसन्त राईलाई अतिथिको आसन ग्रहण नगराएको भन्देै विद्यार्थीहरुले कार्यक्रम हलमा नै नारावाजी गरेका थिए। काग्रेस नगर समापति किशोर राई प्रजातान्त्रिक समूहका भएकै कारण आफूहरुलाई अतिथी आसन ग्रहण नगराएको भन्दै उनीहरुले किशोर राईविरुद्ध समेत नारावाजी गरेका थिए।

उनीहरुले चर्का नारावाजी गर्दै स्टेज तर्फ वढेका थिए भने अध्यक्ष वसन्त राई स्टेजमा चढेपछि उनलाई तरुण दल र प्रहरीले बाहिर निकाल्ने क्रममा केहि वेर घम्साघम्सी समेत भएको थियो। कार्यक्रम स्थलमा नेविसंघले नारावाजी गरिरहदा काग्रेस नेतृ सुजता कोइराला लगायतका नेताले शान्त रहन आग्रह गरेपनि नेविसंघ कार्यकर्ता शान्त भएका थिएनन्।

संस्थापन पक्षका राईलाई केही महिना अगाडि मात्र केन्द्रिय समितिले नेविसंघको अध्यक्षमा मनोनित गरेको थियो। नेविसघ सुनसरीमा कायम रहेको विवादका वाबजुद उनलाई अध्यक्षमा नियुक्त गरेपछि निवर्तमान अध्यक्ष विकास केसीको समूहले विरोध गर्दै आएको थियो। केन्द्रिय समितिले राईलाई आधिकारिक अध्यक्ष भएको पत्र दिए पनि केसी ले आफू आधिकारिक अध्यक्ष भएको दाबी गर्दै आएका छन्। कार्यक्रममा दुवैजनाको उपस्थिती रहेको थियो।

काग्रेसका वरिष्ठ नेता सेरवहादुर देउवा तथा नेतृ सुजता कोइराला उपस्थित कार्यक्रममा आफूलाई अतिथिको आसन ग्रहण नगराएकोले आफूले विरोध गरेको अध्यक्ष राईले वताए। उनले नेविसंघ काग्रेसको खम्बा भएकोले संघलाई सम्मान गर्न आफूले आग्रह मात्र गरेको वताए। तनावपछि कार्यक्रमा स्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने नेविसंघ कार्यकर्ता तथा संस्थापन पक्षका नेता कार्यकार्यकर्ताले कार्यक्रम वहिष्कार गरि वाहिर निस्केका छन्। अहिले कडा सुरक्षाका विच कार्यक्रम सुचारु भएको छ।

हेर्नुहोस् भिडियो, भिडियोः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस