चन्द्र केसी/ एचकेनेपाल डट कम-
जर्मनी, नेपालकी चर्चित अभिनेत्री मिथिला शर्माले युरोप भ्रमण गर्ने हुनुभएको छ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) जर्मनीले आयोजना गर्न लागेको युरोपस्तरीय एकल नेपाली नृत्य प्रतियोगिता र इनास सर्वोत्कृष्ट चलचित्र सम्मान कार्यक्रममा सहभागी हुन उहाँ युरोप आउनलाग्नु भएको हो।

प्राज्ञ समेत रहनु भएकी उहाँले युरोपमा रहदा अनेकस जर्मनीले आयोजना गर्ने नृत्य प्रतियोगितामा निर्णयकको भूमिका निर्वाह गर्नुहुने र युरोपका अन्य देशहरुमा गरिने सांस्कृतिक कार्यक्रमहरुमा भाग लिनुहुने छ । उहाका साथमा अन्य चलचित्रकर्मी तथा कलाकारहरु समेत जर्मनी आउने भएका छ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) को युरोपमा रहेका सबै शाखाहरु, नेपाली एकता समाज फ्रान्स, सांस्कृतिक गृह, साथै जर्मनी, स्पेन, बेल्जियम, नेदरल्यान्डस्, पोल्यान्ड, इटली, डेन्मार्क, इङ्ल्यान्ड, स्विजरल्याण्ड, लगायत युरोपका बिभिन्न देशमा रहेका नेपाली संघ संस्थाहरुको सहकार्य र सहयोग लिएर आयोजना गर्न लागिएको युरोपकै यो बिशाल र भव्य कार्यक्रममा युरोप, एसिया, अमेरिका लगायत बिभिन्न महादेशहरुबाट कलाकारहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु र बिभिन्न संचार माध्यमका पत्रकारहरुको ठुलो सहभागीता रहने छ । यो कार्यक्रममा ८ वर्षको उमेरदेखि नेपाली संगीत खास गरी सितारवादनमा समर्पित अग्रज नेपाली सितारवादक श्री नरेन्द्र बाटाजुलाई “उच्च सांस्कृतिक सम्मान” गरिने तयारी गरिएको जानकारी प्राप्त भएको छ । कार्यक्रमलाई जर्मनी, इटली, नेदरल्यान्डस, डेन्मार्क, लगायतका मूलुकमा रहेका नेपाली संगीतकर्मीहरुले प्रत्यक्ष (लाइभ) राष्ट्रिय धुन बजाएर कार्यक्रमलाई भव्यरुपमा शुभारम्भ गर्न लागिएको र उपस्थित पहुनाहरुको स्वागतको लागि नेदरल्यान्डस, जर्मनी, इटली र पोल्यान्डका कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गर्न प्रारम्भिक तयारीमा जुटिसकेको अनेकस जर्मनीका अध्यक्ष सन्तोषराज गुरुङले जनाउनुभएको छ।

यसै बीच आयोजक संस्था अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) जर्मनीले नृत्य प्रतियोगिताको लागि सम्पर्क व्यक्तिहरु र प्रतियोगिताको लागि तोकिएको नियमहरु सार्वजनिक गरेको छ।

प्रतियोगीताका लागि संपर्क व्यक्तिहरु:

श्री राधिका क्षेत्री (ईटाली) ००३९-३२७२८८०२४९
श्री प्रकाश महर्जन (ईटाली) ००३९-३८९१७७४५६५
श्री रमेश त्वयना (लक्जम्बर्ग) ००३५२६९१६८५८९२
श्री लक्ष्मी सापकोटा (पोल्यान्ड) ००४८-५१९८६१३९१
श्री श्रीकृष्ण न्यौपाने (पोल्यान्ड) ००४८-५१७२८१४६२
श्री निराजन श्रेष्ठ (स्विजरल्याण्ड) ००४१-७८६२५१७४४
श्री दीपक खतिवडा (स्विजरल्याण्ड) ००४१-७८९२४८०३९
श्री कमला दाहाल (जर्मनी) ००४९-१७८२८९२३९३
श्री सन्तोषराज गुरुङ( जर्मनी) ००४९-१६३८४९८२०२
श्री सरोज श्रेष्ठ (जर्मनी)००४९-१७६७०७०३०५९
श्री पूर्ण बन्धन (डेनमार्क) ००४५२८५५८३८९
श्री चुनु बानिया (स्पेन) ००३४-६३३३४२७१५
श्री भिम निरौला (इङ्ल्यान्ड) ००४४-७८००७७२४८९
श्री पवन सुबेदी (बेल्जियम) ००३२-४८६९७९९४२
श्री कमल बिष्ट (पोर्तुगल) ००३५-१९१६८२३७५६
श्री चन्द्र सम्सेर केसी(नेदरल्यान्डस) ००३१-६८४४४४४९०
श्री सरद जोशी (नेदरल्यान्डस) ००३१-६४७३४७८७८
श्री रमेश त्वयना (लक्जम्बर्ग) ००३५२६९१६८५८९२
श्री प्रमोद पाण्डे(नेपाली एकता समाज फ्रान्स) ००३३६८२८७४४६३
श्री हेमन्त उपाध्याय (फ्रान्स) ००३३१४२०९६६३२
श्री सुमन खड्का (फिनल्याण्ड) ००३५८४०५५८२५४०
श्री दया सिवाकोटी(साइप्रस) ००३५७-९६३३७१३०

यस युरोपस्तरीय नेपाली एकल नृत्य प्रतियोगितामा भाग लिन चाहने कलाकारहरुले पालना गर्नुपर्ने नियमहरु यसप्रकार छ।

१) प्रतियोगीले आफ्नो नृत्य नेपाली भाषाको गीतमा प्रस्तुत गर्नुपर्नेछ ।
२) नृत्य एकल हुनुपर्नेछ ।
३) प्रतियोगीले आफूले नृत्य गर्ने गीत आफैले छनौट गर्नुपर्नेछ ।
४) प्रतियोगितामा महिला वा पुरुष दूवैले भाग लिन पाउनेछन ।
५) प्रतियोगितामा प्रतियोगीको उमेरको हदबन्दी तोकिने छैन ।
६) प्रतियोगितामा ब्यक्तिगत वा संस्थागतरुपमा भाग लिन पाईने छ । तर संस्थागत प्रतियोगीको हकमा भने संस्थागत-पत्र हुनु जरुरी छ।
७) नृत्य गर्ने गीतको समय बढिमा ४ मिनेटको हुनुपर्नेछ ।
८) नृत्य गर्दा चाहिने सम्पूर्ण आवश्यक सामाग्री प्रतियोगी आफैले व्यावस्था गर्नुपर्नेछ।
९) प्रतियोगीले लोक (झ्याउरे, टप्पा, मारुनी, सोरठी, चुट्का, देउडा, हुट्क्यौली आदि लागायतका नेपालका सबै लोक नाचहरु तथा मन्जुश्री, कुमारी, भैरव, साकेला, घाटु लगायतका परम्परागत लोक नाच तथा लोक भाकामा बनाइएका नेपाली चलचित्रका लोक गीतहरु ईत्यादि) र आधुनिक(नेपाली पप, आधुनिक,जाज(Jazz), ब्रेक र रिमिक्स जस्ता आधुनिक गीतहरु) गरि दूई ओटा विधाका गीतमा अनिवार्य नृत्य गर्नुपर्नेछ।
१०) प्रतियोगितामा भाग लिन चाहनु हुने प्रतियोगिले २ वटा पासपोर्ट साईजको फोटोसहित आयोजकद्वारा उपलब्ध गराईने फारम भरि बुझाउनुपर्नेछ । दरखास्त फाराम तोकिएका संपर्क व्यक्तिहरुबाट निशुल्क प्राप्त गर्नसकिने छ।
११) प्रतियोगीले आवेदन फारमका साथमा आवेदन शूल्क वापत यूरो २५ बुझाउनु पर्नेछ।
१२) प्रतियोगिले प्रतियोगिताको लागि छनौट गरेको गीतको बोलसम्वन्धी सम्पूर्ण जानकारी निवेदनका साथ उपलब्ध गराउनुपर्नेछ।
१३) सहभागिताको लागि निवेदन दिने अन्तिम मिति ३० मार्च २०१३ (30 march, 2013) सम्म हुनेछ ।
१४) प्रतियोगितामा भाग लिनुहुने प्रतियोगी कुनै कारणले प्रतियोगितामा भाग लिन नसक्ने भएमा प्रतियोगिता प्रबेश शुल्कको रुपमा लिएको दस्तुर फिर्ता गरिने छैन।
१५) मादक पदार्थ सेवन गरेर आउने प्रतियोगीलाई प्रतियोगितामा समावेश गरिने छैन।
१६) प्रतियोगितामा भाग लिने प्रतियोगिलाई (दूई दिनसम्म खाने र बस्ने व्यबथा गरिनेछ ।) अन्य सम्पूर्ण व्यवस्था प्रतियोगी आफैले गर्नुपर्नेछ।
१७) नृत्यको मूल्याङ्कन गर्दा गीत अनुसारको भेष-भुषा, हाउ-भाउ, सुरुवात र अन्त्य आदिलाई आधार मानिनेछ ।
१८) प्रतियोगितामा प्रथम दोश्रो र तेश्रो हुने कलाकारलाई क्रमश: ७०० युरो (युरो सात सय), ५०० युरो (युरो पाँच सय) र ३०० युरो (युरो तीन सय) नगद, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ भने सहभागी सबै कलाकारहरुलाई मायाको चिनो (token of love) स्वरुप ट्रफी र प्रमाण-पत्र प्रदान गरिनेछ।
१९) प्रतियोगीताको मूल्यांकन र निर्णयको लागि एक निर्णायक समीति रहनेछ र उक्त समितिले गरेको निर्णयनै अन्तिम निर्णय हुनेछ।

चन्द्र केसी, अनेकस मिडिया कमिटि ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस