एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १८ माघ । २२ सय भन्दा बढी किलोमिटर दौडेका किर्तिमानी अल्ट्रा धावक प्युठान निवासी सञ्जय पण्डितले प्यूठानको स्वर्गद्धाराबाट दौड सुरु गरेर सगरमाथाको चुचुरोमा पुग्ने घोषणा गरेका छन्।
विहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा धावक पण्डितले आगामि चैत्र २१ बाट आफ्नो स्वर्गद्धाराबाट सगरमाथाको चुचुरोसम्मको चुनौतिपूर्ण यात्रा सुरु गर्ने जानकारी दिए। कान्तिपुर ईन्टरनेशल कलेज र सञ्जय पण्डित फाउण्डेसनले संयूक्त रुपमा आयोजना गरेको कार्यक्रममा धावक पण्डितले पछिल्लो अभियानबाट उनले मुलुकलाई नयाँ रुपले विश्व समूदायमा परिचित बनाउने प्रयास गर्ने बताए । यसअघि मनास्लु हिमालको सफल आरोहण र सगरमाथाको असफल आरोहण गरिसकेका धावक पण्डितको यो अभियानलाई स्वर्गद्धारी सगरमाथा शान्ति आरोहण एवम हिमाल दौड २०७० नाम दिईएको छ।
कार्यक्रममा धावकलाई सुभकामना दिदै नेपाली काग्रेसका नेता डा रामशरण महतले राष्ट्रिय राजनीतिक निरासजनक भए पनि ब्यक्तिगत र समूहगत प्रयासमा देशको नाम राख्ने कायम भईरहेको प्रति खुसी ब्यक्तगर्दै पण्डितको अभियानमा सहयोग गर्न सबैसँग आब्हान गरे। उनले हिमाल चढनु र दौडनु नेपालीको रगतमा भएको उल्लेख गर्दै यो नै नेपालीको विशिष्ट पहिचान भएकोले राज्यले पनि यस अभियानलाई सकारात्मक रुपमा लिनु पर्ने तर्क गरे।
नेकपा एमालेका नेता एवम पूर्व सभासद वीरबहादुर सिंहले पण्डितको यात्रा शान्तिको लागि भएको र अहिले मुलुकमा समेत शान्तिको कामना भईरहेकोले यसलाई सबैले सकारात्मक रुपमा लिएर सफल बनाउनु पर्ने भन्दै आफ्नो तर्फबाट सक्दो सहयोगको प्रतिबद्धता ब्यक्तगरे। क्रान्तिकारी कम्यूनिष्ट पार्टीका महासचिव मणि थापाले मुलुकमा सकारात्मक सस्कृति हराउँदै गएको र राजनीतिमा डन सस्कृति फस्टाउँदै गरेको बेला पण्डीतले शान्तिको कामनाकासाथ गर्न लागेको अभियानलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्तगरे। उनले मुलुको राजनीतिमा सकारात्मकता हराउँदै गएकोले पनि समस्या आएको दावी गरे।
किर्तिमानधारी बरिष्ठ धावक बैकुण्ठ मानन्धरले पण्डीत जागरुक साहसीक यूवा भएकोले उनले लक्ष्य प्राप्त गरेरै छाडने विश्वास ब्यक्त गर्दै सफताको शुभकामना दिए। रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले दौडसँगै सगरमाथाको चुचुरोमा पुग्नु नयाँ किर्तिमान हुने भन्दै नेपालकै नाम राख्ने यस्तो अभियानलाई सबै क्षेत्रले खुलेर सहयोग गर्नु पर्ने बताए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b