विहानको मिर्मिरे घामको किरण
सुरू हुन्छ हङकङको जीवन
मनमा असंख्य पीडा भएपनि
वाध्यताले मुस्कुराउदै कार्य गर्नु परेकै छ।
सवैको आ-आफ्नो पीडां अनेक
सायदै पींडा भएको होला एक
सुन्दर छ गर्व गर्छु हाम्रो देश
मुलुकभर अन्योल राजनीतिक र आशान्ति
हुन्छ खति असहाय र निरीहकै भ्रान्ति
आशाका त्यान्द्रो सँगै भौंतारिंदै आए परदेशमा
रोजगारीको व्यवस्था राम्रो छैन हाम्रो देशमा
नयाँ पुस्ता आउन चाहेर पनि
बेरोजगार भई वसिरहेछ त्यही
एकातिर आफ्नै देशको दूर्गतिको कारणले
अर्कोतिर रोजगार भिषा वन्देजको कारणले
जतिपनि छन् हङकङमै विलाउदै
हरेकको चाहना जीवनका सपना पूरा गर्नुनै
सुन्दर सपना वोक्दै च्याप्दैछ आईडी
कोही परिस्थितिको वाध्यताले हुदैछ रिफ्युजी
अनगिन्ति अन्य दुःख र व्यथा कसरी गिन्ने
हाम्रो पींडा र आवाज कसले सुनिदिने
नोकरीको रत्तिभर छैन भर
औंला ठड्याईको ईशारामा निकालिने डर
निकाल्लिएमा कि त जाऊ फर्की
कित वन्यो भूमिगत रिफ्युजी
निस्कासनबाट जोग
आफ्नो कमजोरी आफै खोज
किन हामी निकाल्लियौं,किन निक्लिन्छौं
आफ्नो कमजोरीपन पत्ता लगाऔं
आंचरण र भाषालाई सुधारौं
यँहा कोही लागि परेकोछ भिषा खोल्नको लागि
हरेक हप्ता वुलन्द नारा लि निकाल्छ रयाली
कोही भने मस्त पार्कमा सुतिरहन्छ खाली
कोही वचेको समय दिन्छन् समाजकै लागि
साथी हो,यँहा आई कर्म गर्नु छभने
पहिलो आफूलाई बलियो वनाऊ
आफू र देशलाई चिनाउ
नेपाल र नेपालीको ईज्जतलाई वंचाऊ
नेपालीको भिषा अझै बन्दै छ
यै विषयमा कैयौंको चेतनानै मन्दै छ
सम्वन्धित निकायमा यो आवाज पुगोस्
कसैलाई पीडा दिने, वन्द भिषा पुन: खोलियोस ।।।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b