एचकेनेपाल डट कम संवाददाता-
हङकङ, नेपाली साहित्य प्रेमीहरूको नवौं साझा श्रृङ्खला जोर्डनस्थित हङकङ नेपाली महासंघको कार्यालयमा सम्पन्न भएको छ।

धारावाहिक रूपले भैरहेको यस कार्यक्रम विगत झैं महिनाको अन्तिम आइतवार विहान चन्द्र मादेन ‘आन्छन्’ को संयोजकत्वमा सचांलन र सम्पन्न भएको हो।

विशुद्ध नेपाली वाङ्मयको संबद्र्धन र संरक्षण गर्ने हेतुले भैरहेको यस कार्यक्रममा हङकङवाट जन्मिएका सृजनाहरूमाथि वहस गरिने गत महिनाको प्रस्ताविक निर्णय अनुरूप कवि चन्द्र मादेन ‘आन्छन्’ को कृति ‘कुण्ठित मनका चित्कारहरू’ को विषयमा उपस्थित श्रष्टाहरूवाट गहिरो समिक्षात्मक टिप्पणी गरिएको थियो।

उक्त श्रृङ्खलामा विभिन्न कविता, गजल र मुक्तक सुनाउने कवि र कवयित्रीहरू प्रकाश छाङ्छा राई, डी वी पालुङ्वा, पूर्णिमा शाह, विष्णु ईङ्नाम, आशिष साम्पाङ् महेश र चन्द्र मादेन ‘आन्छन्’ थिए भने अन्य साहित्य अनुरागीहरू विमल राई, त्रिभुवन लुङ्फुङ्वा, टोप व राई याक्खा, गीता राई आदिहरूको सृजनामाथि सुझाव र समालोचना भएको थियो। आगामी महिनाको लागि कवयित्री पूर्णिमा शाहको सृजना ‘त्यो प्याजी रूमाल’ माथि समिक्षात्मक वहस हुने प्रस्ताविक निर्णय भएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.