विक्रम यकथुम्बा/ एचकेनेपाल डट कम –
नेपाल जनजाति समाज जर्मनीको एन आर डब्लु क्षेत्रीय शाखाको रुपमा एक कमिटी गठन भएकोछ। लामो समयदेखि भिभिन्न पेशा एबम अध्ययनको सिलसिलामा आएका नेपाली जनजातिहरुलाई समेट्दै आपत विपतमा परेका सबै नेपालीहरुलाई सहयोग गर्ने र आ( आफ्नो जाति धर्म, कला संंस्कृतिको संरक्षण एबम प्रबर्धन गर्दै आफ्नो जन्मभूमिको निम्ती समेत सक्दो सामाजिक सेवा गर्ने हेतुले गेल्सिन्किर्सन शहरको वरिपरी छरिएर रहेका सबै आदिबासीहरु उपस्थित भएर सबैको सर्बसम्मतिबाट विक्रम यक्थुम्बको अध्यक्षतामा (गेल्सिन्किर्सन) एक कार्य समिती गठन गरिएको हो।

यस शहरको वरपर रहेका जनजातिहरुलाई भेला गरी गेल्सिन्किर्चेनस्थित रिङ्ग स्ट्रसको हलमा नेपाली स्वादिस्ट खानाको स्वाद र परिकारहरु खादै लामो छलफल गर्दै सम्पन्न गरेको उक्त भेलाले सर्वसहमतिबाट शिव श्रेष्ठलाई उपा अध्यक्षमा (मुनस्टर) चयन गरियो भने महासचिवमा बिनय गुरुङ (डुसेलडोर्फ,सचिव बिकास मोक्तान (डुइसबर्ग),कोषाध्यक्ष निन्नामा राई (हाम) यसैगरी क्रमशः सदस्यहरुमा रामजी कुमार श्रेष्ठ (लुदिङ हाउजन) नुन थापा (गेल्छिनकेर्सन), बिजय गुरुङ (हेर्टन) सञ्जय महर्जन (एसन) लाल छन्त्याल (डोरट्मुन्ड) सोनम छोन्कर र गुरुङ (कोलन) दिपक लामा (बोखुम) सर्वसहमतिले चयन भएका छन् भने अन्य १ उपाअध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरु आवश्यक अनुसार शहरको हिसाबले हेरेर थप गरिने निर्णय भएकोछ। यसै गरी सल्लाहकारमा डोर बहादुर गुरुङ (गेल्चिन्किर्सन) भुपेन्द्र राई, शेर बहादुर तुम्बापो (लिम्बु) बिष्णु गौचन (मुनस्टर) र आशिश गुरुङ (बोखुम) रहेका छन्।

गेल्छिनकिर्सनका लाली गुरासका अध्यक्ष यादब सुब्बाले नेपाली जनजाति साथीभाईहरु सक्रिय रहेकोमा खुशि व्यक्त गर्दै सवैलाई एक वनाएर जानुपर्ने भन्दै जनजातिको बारेमा प्रष्ट पार्दै नयाँ कार्य समितिलाई शुभकामना दिएका थिए। अतिथीको रुपमा युबा समाजसेवी बिजय मोक्तानको पनि उपस्तिथी रहेको थियो उक्त कार्यक्रममा जर्मनी बुद्ध लामा गुरुको रुपमा चिनिदै आएका मिम लामाले मोलम गर्दै बुद्ध धर्म सम्बन्धी पनि छोटो प्रकाश परेका थिए। मन्तव्य दिने क्रममा आशिश गुरुङ , राम दास श्रेष्ठ , शन्ती लामा , लक्ष्मी तुम्बापो र आशोक सुब्बाले उक्ता भेला कार्यक्रमले विदेशमा मात्र नभएर नेपालमा पनि हाम्रो एकताको बारेमा राम्रो सन्देश जाने भन्दै नयाँ कार्य समिती, आयोजक, संयोजकहरुलाई धन्यवादका साथ शुभकामना दिएका थिए।

कार्यक्रम स्थानीय समाजसेवी डोर बहादुर गुरुङको संयोजकत्वमा भएको थियो भने साथ दिनेहरुमा यादब सुब्बा, मिम लामा र हर्क भुजेल साथै कृष्ण श्रेष्ठले बिशेष भूमिका निर्वाह गरेका थिए। खानपिन र हलको ब्यबस्था कल्पना आचार्य (श्रेष्ठ) र डोमा शेर्पाले गरेका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस