एचकेनेपाल डट कम संवाददाता –
हङकङ, ३० जनवरी। गत शुक्रवारदेखि बेपत्ता भएका सुनचाँदी व्यवसायी ईन्द्रकुमार विश्वकर्मा ५ दिनपछि हङकङमा मृत भेटिएका छन्।


फाइल तस्वीरः हङकङस्थित आफ्नो पसलमा इन्द्रकुमार

नेपालमा धरान घर भएका ५५ वर्षीय विश्वकर्माको शव मङ्की हिल काम सान कन्ट्री पार्कस्थित जंगलको रुखमा झुण्डिएको अवस्थामा भेटिएको हङकङ प्रहरीले जनाएको छ। प्रहरीले उनको निधनलाई आत्महत्या हुन सक्ने बताएपनि अनुसन्धान भइरहेको जनाएको छ।

बराह ज्वेलरीका सञ्चालक विश्वकर्मा बेपत्ता भएकै दिन उनकी कान्छी श्रीमती किरणले प्रहरीलाई खबर गरेकी थिइन्। उनले श्रीमतिलाई आफूले आत्महत्या गर्न लागेको र खोजी नगर्नु भनेर मोबाइलमा बताएको ओरियण्टल दैनिकले जनाएको छ। मंगलवार दिउंसो करीव १२ बजे शव भेटाएपछि प्रहरीले शव पहिचानको लागि उनका परिवारलाई देखाएका थिए। अक्सर उनी मङ्की हिल घुम्न जान मन पराउने परिवारले बताएपछि प्रहरीले त्यहाँ खोज तलाश गरेका थिए, सिना अनलाइनले जनाएको छ।

विश्वकर्माले नेपालमा धरान महेन्द्रपथ, काठमाडौं न्युरोड, पोखरा न्युरोड, देशबाहिर लण्डन अल्टरसट र गत जूनमा हङकङको याउ मा तेइ (जोर्डन) मा बरहा ज्वेलरीको शाखा खोलेका थिए। विश्वकर्माको बुहारी हङकङमै रहेकी छिन् भने बाबुको निधनको खबर पाएपछि छोरा शिव नेपालबाट हङकङ आईपुगेका छन्। घटनाको अनुसन्धान प्रक्रिया पूरा भएपछि विश्वकर्माको शव नेपाल लैजाने पारिवारिक स्रोतले जनाएको छ।

बराह ज्वेलरीको भिडियो बिज्ञापन


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस