एचकेनेपाल डट कम संवाददाता
काठमाडौ, १७ माघ । नेकपा एमालेका सचिव शंकर पोखरेलले विपक्षीहरुले अहिले आन्दोलनको अभ्यासमात्रै गरेको दावी गर्दै यसलाई हेरेर विपक्षीलाई कमजोर नआक्न चेतावनी दिएका छन्।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने–अहिलेको गतिविधी त आन्दोलनको पूर्व अभ्यासमात्रै हो। वास्तविक रुप त माघ २६ गतेबाट देखिन्छ।
साक्षात्कारमा सचिव पोखरेलले माघ २६ गते विपक्षीको आन्दोलनमा जनताको साथ र समर्थन कत्ति छ भन्ने देखाई दिने दावी गर्दै त्यहीबाट जनतालाई आन्दोलनको लागि आब्हान गर्ने जानकारी दिए। २६ गतेको सभापति आन्दोलनलाई ब्यवस्थित रुपमा अघि बढाउने जानकारी दिदै उनले जनआन्दोलन आमहडतालसम्म पुग्ने चेतावनी दिए।
पोखरेलले चेतावनी दिदै भने–सर्वसत्ताबादी सरकारभित्रबाटै हामी विद्रोह गराउन क्षमता राख्छौ। राज्यका अंगलाई नै ठप्प पार्ने ताकत हामी राख्छौ। शान्ति पूर्ण जनआन्दोलनको सीमा जहाँसम्म हुन्छ हामी त्यहाँसम्म पुग्छौ र सरकारलाई घुँडा टेक्न बाध्य बनाई दिन्छौ। उनले आन्दोलनले प्रधानमन्त्री र माओवादी अध्यक्षलाई टेक्ने समेत ठाँउ नदिने ठोकुवा गर्दै स्पेश चाहिने भए अहिलेनै सहमति आउन सुझाव दिए । आन्दोलनपछि उनीहरुले ठाँउ पनि नपाउन सक्छन–उनले भने।
जनप्रतिनिधिमुलक संस्था नहुँदा प्रतिपक्षको ठाँउनै सडक भएको उल्लेख गर्दै उनले सत्तापक्ष सडक कब्जा गर्न आउनु लाजमर्दो अवस्था भएको बताए। सत्तापक्षले विपक्षीलाई कमजोर बनाउन गरेको सभालाई विपक्षीको लागि झनै ठूलो अवसर भएको भन्दै सचिव पोख्रेलले प्रतिपक्ष विरुद्ध सडकमा जनता उतार्ने काम राजा ज्ञानेन्द्र गरेको काम भन्दा अलिकति पनि फरक नभएको टिप्पणी गरे।
उनले भने–हिजो आन्दोलनकारी दलहरु विरुद्ध राजा ज्ञानेन्द्रले पनि हजारौ सडकमा उतारेका थिए । तर अन्ततः जनताको अगाडि घुडा टेक्नु पर्यो भने बाबुराम र प्रचण्डको त के कुरा गर्नु। अहिलेको सरकारको जग नै कमजोर भएकोले जनताले बास्तविक बुझ्ना साथ सरकार ढल्ने दावी गर्दै पोख्रेलले प्रतिपक्ष सरकारलाई सडकबाट जवाफ दिन तयार रहेको बताए।
जगंबहादुर राणाले बृटिसको तावेदारी गरेर मुलुकमा सर्वसत्ताबादी अधिनायकबाद लादेको उल्लेद गर्दै अहिले जंगबहादुरकै शैलीमा प्रधानमन्त्री डा बाबुराम भट्टराईले छिमेकी र गुप्तचर सँगको साठगाठ गरेर त्यस्तै गर्न खोजेको आरोप लगाए। प्रधानमन्त्री मुलुकलाई असफल बनाएर बैदेशिक हस्तक्षेपको आधार तयार पार्दैछन । उनी कसैको स्वार्थ पुर्तिमा लागेका छन्। उनलाई हेक्का हुनु पर्छ अहिलेको युगमा जंगबहादुर यूग लाद्ने सम्भावना छैन । सर्वसत्ताबादको घोडाबाट लडाएरै छाड्छौ–पोख्रेलले भने।
प्रधानमन्त्री र एमाओवादीका अध्यक्षको कुरा पत्याउनु आफै मुर्ख बन्नु जस्तै भएको भन्दै उनले प्रतिपक्षीको सहभागिता विना निर्वाचन गर्ने कुरा तानाशाहले मात्रै गर्ने गरेको तर्क गरे। पोख्रेलले अहिलेको सरकारले गर्ने कुनै पनि काममा आफूहरुको समर्थन नहुने स्पष्ट पार्दै उनले बाबुराम भट्टराई–प्रचण्डले गराउने निर्वाचन र राजा ज्ञानेन्द्रले गर्ने निर्वाचनमा कुनै भिन्नता नहुने भएकोले आफूहरु त्यसमा सहभागि नहुने बताए । उनले प्रधानमन्त्री र सरकारमा सहभागि मन्त्री सहभागी कार्यक्रमहरु विपक्षीले बहिस्कार गर्ने समेत स्पष्ट पारे।
उनले साक्षात्कारमा सर्वसत्ताबादको अन्त्य र लोकतन्त्रको रक्षा, संविधानको क्रियाशिलता, परिवर्तनलाई संस्थागत गर्न निर्वाचन, दण्डहिनताको अन्त्य र मुल्य बृद्धि विरुद्ध आफूहरुको आन्दोलन भएको भन्दै यसलाई सत्ता प्राप्तीको रुपमा नबुझ्न आग्रह गरे। राष्ट्रपतिले लोकतन्त्रको रक्षाको लागि ठोस कदम चाल्ने बेला आउन लागेको दावी गर्दै निश्क्रिय संविधानमा राष्ट्रपतिले संरक्षक र पालकको रुपमा आफ्नो भूमिका खोज्नु उचित नहुने तर्क गरे। उनले राष्ट्रपतिले संरक्षकको भूमिका खेल्ने विश्वास ब्यक्तगर्दै जनताको टाउको फुट्न थालेपछि लोकतान्त्रिक राष्ट्रपतिले टुलुटुलु हेरेर बस्न नसक्ने समेत स्पष्ट पारे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b