एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १६ माघ । चलचित्र क्षेत्रमा योगदान दिएको ब्यक्तिलाई चलचित्र बोर्डको नेतृत्व दिनु पर्ने माग गर्दै आजबाट आमरण अनुसन सुरु गरेका चलचित्र कर्मीहरुलाई नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले अहिलेको सरकार छिट्टै ढल्ने दावी गर्दै चलचित्र कर्मीहरुले अब धेरै दिन आन्दोलन गर्नु नपर्ने बताएका छन्।

उनले भने–बाबुराम भट्टराई नेतृत्वको सरकार अब छिट्टै जाँदैछ । तपाईहरुले धेरै दिन आन्दोलन गर्नु पर्दैन। आमरण स्थलमा आयोजित कार्यक्रममा ओलीले चलचित्रकर्मीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै दलहरुले पनि चलचित्र कर्मीको आन्दोलनको ऐजण्डालाई आफ्नो ऐजेण्डा बनाउने प्रतिबद्धता ब्यक्तगरे। उनले चलचित्र क्षेत्रको विकासको लागि बोर्डमा ब्यवसायिक मान्छे नै आउनु पर्ने भन्दै आन्दोलनलाई निष्कर्षमा नपर्याई नछाड्न सुझाव दिए।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले चलचित्र विकास बोर्ड कुनै पनि पार्टीको कार्यकर्ता भर्ती केन्द्र नभएको भन्दै चलचित्र क्षेत्रको विकासको लागि दलगत स्वार्थ भन्दा माथि उठी ब्यवसायिक मान्छे ल्याउनु पर्ने धारणा राखे।

चलचित्रकर्मीहरु गत पुष २ गते देखि नौ बुँदे माग राख्दै निरन्तर आन्दोलनमा रहेका छन्। चलचित्र क्षेत्रको ब्यक्तित्वको नेतृत्वमा विकास बोर्ड गठन हुनु पर्ने, बक्स अफिसको व्यवस्था लगायतका माग राखी आन्दोलत गरिरहेका छन्। पछिल्लो समयमा सरकारले मैथली तथा भोजपुरी चलचित्रका निर्माता धर्मेन्द्र मरवैता पप्पुलाई बोर्डको नेतृत्वमा नियुक्त गरेको थियो। पप्पु मुलधारका चलचित्रसंग जोडिएको व्यक्ति नभएको भन्दै चलचित्रकर्मीहरुले उनलाई सार्वजनिक बहिस्कार गर्ने घोषणा गरिसकेका छन्।

त्यस्तै आईतबार देखि देशभरका चलचित्र हल, चलचित्र शुटिङ, पोष्ट प्रोडक्सन लगायतका काम रोकेका छन्। मंगलवारबाट सुरु भएको आमरण अनसनमा मुकेश ढकाल, विमल पौडेल, हेमन्त बुढाथोकी, अग्रज केसी, निला बस्नेत, अनन्त तिम्सिना र सूर्य रेग्मी सहभागि रहेका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस