एचकेनेपाल डट कम संवाददाता-
जनकपुरधाम, १६ माघ। शान्ति तथा पुनःनिर्माण मन्त्री टोप बहादुर रायमाझीले बिपक्षी दलका अर्कमण्यताको कारणले गर्दा समयमा चुनाब हुन नसक्ने आरोप लगाएका छन्।
रिपोर्टर्स क्लब नेपाल जनकपुरले आयोजना गरेको साक्षात्कारमा उनले सरकारले जेष्ठमा संविधान सभाको निर्वाचन घोषणा गरे पनि बिपक्षीहरुले निर्वाचन नचाहेको कारण बैशाखमा निर्वाचनको सम्भावना टरेको बताए।
शाखा अध्यक्ष गणेश रायको सभापतित्वमा भएको साक्षात्कारमा उनले भने–अब संविधान सभाको चुनाब हुन्छ की हुदैन भन्नेमा आशंका छन्। मन्त्री रायमाझीले संबिधान सभाको चुनाव कुनै पनि हालतमा हुनु पर्ने भन्दै विघटित संबिधान सभाले संविधानको ९५ प्रतिशत काम गरिसकेकोले अब त्यसको स्वामित्व ग्रहण गरेर निर्वाचनमा जानु पर्ने तर्क गरे। उनले आफ्नो पार्टी संविधानसभा निर्वाचनको लागि प्रतिबद्ध रहेको बताउँदै संविधानसभाबाटै पहिचानसहितको संघीयता र संघीयता सहितको संविधान निर्माण हुनु पर्ने सुनाए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b