एचकेनेपाल डट कम संवाददाता-
दाङ, २२ फागुन । अर्थ राज्यमन्त्री हरिराज खेवा लिम्बुले शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने र संबिधान निर्माण हुने ग्यारेन्टी गरे आफूहरु सरकार छोड्न तयार रहेको बताएका छन्।
रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै राज्यमन्त्री लामाले आफूहरु देशमा स्थायी शान्ति र संबिधान निर्माण गर्ने अठोटका साथ सरकारमा आएको दावी गर्दै संबिधान बन्ने आधार तयार भए आफूहरु सरकार छोड्न तयार रहेको स्पष्ट पारे।
दाङ शाखाका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कारमा उनले भने- हामी शान्ति र संबिधानको बाधक होइनै साधक हौं। उनले बर्तमान सरकारले शान्ति प्रक्रिया र संबिधान निर्माणको कामलाई धेरै अगाडि बढाएको दावी गर्दै फेरि नयाँ सरकार बनाउने खेलमा दलहरु लागे त्यो समय बर्बाद गर्ने काम मात्र हुने समेत चेतावनी दिए।
उनले बिगतका सरकार भन्दा शान्ति प्रक्रियालाई अगाडि बढाउन बर्तमान सरकारले धेरै काम गरेको भन्दै सेना समायोजनमा केही प्राबिधिक काम मात्र बाँकी रहेको हुदा छिटै सहमति हुने विश्वास ब्यक्त गरे।
लिम्बुले संबिधान निर्माणका सर्न्दभमा बर्तमान सरकारले असहमतिका बिषयलाई साघुर्याउदै लगिरहेको उल्लेख गर्दै फागुण २८ गते पछि सहमति भएका बिषयहरुलाई मस्यौदा बनाई जनतामाझ लैजाने तयारी भएको बताए।
अर्को एक प्रसङ्गमा राज्यमन्त्री लिम्बुले बर्तमान सरकारलाई भ्रष्ट र नालायक सरकार भन्नु बिरोधका लागि बिरोध मात्र भएको भन्दै सरकारलाई भ्रष्ट भएको पुष्टि गर्न चुनौति दिए।
राज्य लिम्बुले बर्तमान सरकारले यो दशकलाई आर्थिक क्रान्तिको दशकका रुपमा घोषणा गरेको भन्दै हाईड्रोपावर,पर्यटन, कृषि लगायमा सरकारले १ खरव १० अर्व लगानी गर्ने लक्ष्य राखेको जानकारी दिए।
उनले आफूहरु राष्ट्रिय स्वाधिन अर्थतन्त्रको पक्षमा रहेको बताउदै सक्रमणकालिन अवस्थामा स्थायी सरकार नभएका कारण केही समस्या रहेको बताए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस