अनिल पाण्डे / एचकेनेपाल डट कम-
अमेरिका नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारद्वारा नियुक्त महावाणिज्यदूत प्रेमराजा महत र क्यालिफोर्निया राज्यका वाणिज्यदूत ऋषि ढकाल र ह्वाईट हिमालका टेलिभिजनका निर्देशक सूर्य थापालाई सम्मान गरेको छ।
चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष गोकुल पौडेलले संयुक्त राज्य अमेरिकाभरि छरिएर रहेका सम्पूर्ण नेपाली ब्यवसायीहरुले भोगेका पीडा, दुख तथा समस्याहरुलाई कसरी सहज समाधान गर्न सकिन्छ भन्ने उद्देश्यबाट छलफल गर्न क्यालिफोर्नियाको लसएन्जलसमा आयोजित एक कार्यक्रममा अमेरिका नेपाल चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष गोकुल पौडेलले नेपालसरकारद्वार महावाणिज्यदूत प्रेमराजा महत, ऋषि ढकाल र ह्वाईट हिमालका निर्देशक सूर्य थापालाई सम्मान गर्नुभएको हो।
अन्तर्क्रिया कार्यक्रममा यस क्षेत्रका नेपाली ब्यवसायीहरुले विगतमा आफूले भोगेका पीडा र समस्याहरुका बारेमा आआफ्नो धारणा प्रस्तुत गरेका थिए भने अमेरिका नेपाल चेम्बर अफ कमर्सका संस्थापक कोषाध्यक्ष अनिल पाण्डेले संस्थाको विगतका सम्बन्धमा आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा उपस्थित नेपाली ब्यापार ब्यवसायीहरुको धारणा सुन्दा वास्तवमा चेम्बरको खाँचो टड्कारो रहेको सवैले महसुस गरेका थिए भने चेम्बरले नेपाली ब्यवसायीहरुको पक्षमा लड्नु पर्ने सवैले औल्याएका थिए।
आफ्नो मातृभूमि छोडेर विभिन्न उद्देश्य सहित अमेरिका आएपछिको आफ्नो मेहनत र परिश्रमको कमाईलाई लगानी गरेर एकातिर आफ्नै ब्यापार ब्यवसाय गरी हामीले जिविकोपार्जन गरेका छौं भने अर्कोतिर सक्दो रुपमा नेपालीदाजुभाई दिदीवहिनीहरुलाई रोजगारी समेत उपलब्ध गराउदै आएको अवस्था छ। विशुद्ध ब्यवसायिक हक, हित र अधिकारका लागि संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा दर्ता रहेको अमेरिका नेपाल चेम्बर अफ कमर्स नेपालबाट अमेरिका आई आ(आफ्नो तहबाट ब्यवसाय सञ्चालन गरिरहनु भएका नेपाली दाजुभाइ दिदीवहिनीहरुलाई गोलवद्ध गर्ने ब्यवसायिक संस्थाको रुपमा स्थापित रहेको अमेरिका नेपाल च्याम्बर अफ कमर्सले क्यालिफोर्निया क्षेत्रको मात्र नभई सम्पूर्ण अमेरिका भरी छरिएर रहेका ब्यवसायीहरुलाई समेटेर अगाडि वढ्ने उद्देश्य लिएको छ।
कार्यक्रमका प्रमुख अतिथि महावाणिज्यदूत प्रेमराजा महतले यो ब्यापारीक भेलाले हामी नेपालीको पहिचान गराएको आफूले सम्पूर्ण सहयोग गर्ने आश्वासन दिनुभयो। क्यालिफोर्निया राज्यका वाणिज्यदूत ऋशी ढकालले अमेरिका नेपाल चेम्बर अफ कमर्स स्थापना, दुइटा संस्थाको एकीकरणको सफलता र आगामी दिनमा चेम्बरले खेल्नुपर्ने भूमिकाका बारेमा प्रकाश पार्दै संस्थाको बिकासको लागि आफूले सक्दो सहयोग गर्ने वचन दिनुभयो।
व्हाइट हिमाल टेलिभिजनका निर्देशक सूर्य थापाले नेपाली ब्यबसायीले अमेरिका नेपाल च्याम्बर अफ कमर्सले कुनै राजनैतिक बिवादमा पर्न नहुने एवम् मिडियाबाट आफूले सम्पूर्ण सहयोग गर्ने, यो प्रोत्साहित कदमको प्रशंसा गर्नुभयो। पहिलो चोटि २५ जना भन्दा बढी ब्यबसायीहरुले आफ्नो बिचार प्रस्तुत गरेको यो पहिलो कार्यक्रम अति रोचक थियो। खुला बिचारको आदान प्रदान गरेको अमेरिकी ईतिहासमा पहिलो भएको महशुष गरिएको छ।
कार्यक्रमका आयोजक संस्थापक अध्यक्ष गोकुल पौड्यालले सम्पूर्ण ब्यापारी साथीहरुलाई कार्यक्रम सफल पर्नमा सहभागी हुनुभएकोमा धन्यवाद दिनुभएको थियो। संस्थाक अध्यक्ष गोकुल पौड्यालले सम्पूर्ण संस्थापक साथी ॠषि ढकाल, राम लामा, अनिल पाण्डे, सुलक्षणा मिश्र , एक राज पाण्डे, राजेन्द्र सिवकोटी, भिम ढकालको प्रत्यक्ष सहयोगको नतिजा आजको दिन रहेको जानकारी गराउनु भयो। कार्यक्रमलाई संस्थापक राजेन्द्र सिवकोटीले उद्घोषण गर्नु भएको थियो। कार्यक्रममा सानफ्रान्सिस्कोबाट पनि ४ जना नेपालबाट पनि ६ जना ब्यापारीहरू सहभागी हुनुहुन्थ्यो। त्यसैगरी नेपालदेखि बुद्ध जन्मस्थल लुम्बिनी कपिलवस्तुको बिश्वब्यापी प्रचारमा लाग्नुभएका संचारकर्मी चेतन पन्तले ब्यापारीहरूले बुद्ध र सगरमाथाको सन्देश एवम् नेपाली पर्यटन बिकासको लागि एकजुट भइ लाग्न ब्यवसायीहरूलाई आग्रह गर्नुभयो।
प्रसिद्ध डान्स डाइरेक्टर निर्देशक बसन्त श्रेष्ठ, भक्त थापा, तारा गुरुङ, खड्ग बस्नेत, नारायनकृष्ण श्रेष्ठ, रामबाबु पाण्डे, अनिल रायमाझी, बद्री भन्डारी, नविन पोख्रेल, मुकुन्द ढुंगाना, शम्भु ढुंगाना, चेतन पन्त, हरीराम पन्त, गजेन्द्र अधिकारि, कृष्ण कोइराला, पुरुषोत्तम पाण्डे, दुर्गा दाहाल, एक राज पाण्डे, सुनिल पोख्रेल, दिल्ली थापा, दिल बहादुर श्रेष्ठ, हरी दवाडी, जय मन्डल, प्रभु थापा, गोकुल ढकाल, उमा कार्की थापा ,दीपक पाठक, बद्री भण्डारी ,भुशन श्रेष्ठ, पशुपती पाण्डे, सुर्य थापा,उत्तम कार्की, दुर्गा सुबेदी र अन्य ब्यापारीहरूले आफ्नो मन्तब्य ब्यक्त गर्नु भयो। उद्घोषक राजेन्द्र सिवाकोटीले आगामी मे महिनामा एन आर एन को अधिबेशन लस एन्जलसमा आयोजना हुने जानकारी गराउनुभयो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b