सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
धरान पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापित ‘मिस पूर्वाञ्चल’ को २०१३ संस्करणका लागि पूर्वाञ्चलको विराटनगर, इटहरी, दमक र विर्तामोड र धरानमा अडिसन सम्पन्न भएको छ।
सबै शहरहरुमा गरेर ३५ जनाहरुले अडिसन दिएकोमा आगामी बिहीबार धरानको रत्ना इन होटलमा अन्तिम अडिसन गरी सबै प्रतियोगिहरुमध्ये उत्कृष्टहरुलाई फाइनल प्रतियोगिताको लागि प्रशिक्षणका लागि राखिनेछ।
अडिसनका लागि टाढाका प्रतियोगिहरुको गुनासोलाई ध्यानमा राखी सबै ठाउँका छुटेका प्रतियोगिहरुको लागि बिहीबार धरानमा अन्तिम अडिसन राखिएको क्रियटिभ डाइरेक्टर राजेन्द्र रिमालले बताए।
बिहीबारको अडिसन लगतै अन्तिम प्रतिस्पर्धीहरु छानेर शुक्रबारबाटै प्रशिक्षणमा राखिनेछ। प्रतियोगिहरुलाई व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्क लगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षणको तयारी गरिसकेको रिमालले बताए। कार्यक्रमको कोरीयोग्राफरको भूमिका प्रियारानी लामाले सम्हाल्ने छिन्।
प्रतियोगितालाई पूर्वाञ्चलव्यापी र पर्यटन प्रवद्र्धनमा पनि सहयोग मिल्ने गरी विभिन्न प्याकेजका कार्यक्रमहरु समेत राखिएको इभेन्ट डाइरेक्टर दिपक वनेपालीले बताए। हरेक वर्षमै रक्तदान, ट्राफिक सेचतना र सरसफाईका कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइनेछ। ती कार्यक्रमहरु पूर्वका विभिन्न शहरहरुमा आयोजना गरिनेछ।
अन्तिम प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१३ को उपाधिसँगै महिन्द्रा स्कुटी र एशियन कलेज अफ म्यानेजमेन्ट, ललितपुरमा पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ। त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई पनि कलेजमा छात्रवृत्तिसँगै नगद पुरस्कारको व्यवस्था गरिएकोछ। त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरु नगद पुरस्कारसँगै पुरस्कृत हुनेछन्।
सिल्भर इन्टरटेन्टमेन्ट र हाइट इभेन्टको आयोजनामा भएको मिस पूर्वाञ्चलको उपाधि यस अघि २०१० मा सविना सुब्बा, २०११ मा प्रतिभा श्रेष्ठ र २०११ मा अस्मिता गुरुङले जितेकी थिइन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b