सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
धरान, विगत एक दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशिल गायक एपी शेर्पाको तेस्रो एल्वम ‘खबर’ को सोमबार परमपुज्य खेन साङ्गे राङज्युङ रेम्पोको हातबाट लोकार्पण भएको छ।

२०५१ सालमा भोजपुर जिल्लाको आधुनिक गीत प्रतियोगितामा प्रथम भएपछि आफ्नो रहरको गायन क्षेत्रलाई पेशाको रुपमा बनाउने उद्देश्यका साथ लागिपरेका एपीको यसअघि २०५८ सालमा ‘सुन्दर सपना’ र २०६६ मा मिहिनेत नामक दुई एल्वम बजारमा आइसकेको छ।

‘मिहिनेत’ एल्वमको ‘सम्झनले आज भोलि’ गीतबाट नेपाली सांगीतिक क्षेत्रमा गायकको रुपमा आफ्नो पहिचान बनाएका एपीको ‘खबर’मा माया–प्रेम, संस्कृति, शहरको बारेमा रचिएका सातवटा गीतहरु संग्रहीत छन्। एल्वममा कुमार विवाहित, टिका चाम्लिङ, खेमराज गुरुङ, शिशिर वाङदेल, राइमन राई, बसन्त मुकारुङ र बुद्धवीर लामाको रचना तथा महेश खड्का, लाक्पा ेशेर्पा, खेमराज गुरुङ, शिशिर वाङदेल, राइमन राई, बसन्त गुरुङ र भुवन सुप्तिहाङको संगीत रहेको छ। एल्वममा संग्रहित भेट्न त र भाइटिका बोलका गीतहरु यसअघि नै लोकप्रिय भइसकेका छन्।

कार्यक्रममा दुवै गीतका म्यूजिक भिडियो समेत प्रिमियर गरिएको थियो। फुर्वा शेर्पाको निर्देशनमा बनेको भिडियोमा प्रियारानी लामा, जतिन ताम्राकार, नमित चन्द ठकुरी र अर्पना सुब्बा लावतीको अभिनेत रहेको छ।

खबर एल्वमको धरानैमा सोल्टीनी र मैच्याङ बोलको गीतहरु प्रत्यक्ष सुनाएका गायक एपीले एल्वम विमोचन समारोहमै धरानको छाताचौकस्थित अपांग पुर्नस्थापना गृहलाई व्हील चेयरसँगै नगद पन्ध्र हजार रुपैयाँ सहयोग पुर्नस्थापना गृहका अध्यक्ष भीम राईलाई हस्तान्तरण गरेका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस