एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १५ माघ। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतलाई जवाफ दिने क्रममा आफूले अदालतको अबहेलना नगरेको बताएका छन्। भट्टराईले पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धान रोकेको भनी आफूमाथि लगाइएको आरोप झुटो भएको दाबी गरेका छन्। अदालतसामु सोमवार लिखित जवाफ दिदै अनुसन्धान रोक्न आदेश दिएको भन्ने आरोप झुटो र कपोलकल्पित रहेको बताएका छन्।

उनले कार्यकारी प्रमुखको हिसाबले कुनै निर्देशन नदिएको बताउंदै आधार र कारणबिना लान्छना लगाउने उद्देश्यले दायर गरिएको रिट खारेज गर्न माग गरेका छन्। ५ पृष्ठ लामो लिखित जवाफमा द्वन्द्वकालमा भएका घटनाको छानविन गर्न संक्रमणकालीन न्याय संयन्त्र बनाउनु पर्ने बताउदै त्यसको लागि अध्यादेश राष्ट्रपति समक्ष पठाएपनि पारित भइ नसकेको बताएका छन्।

प्रधानमन्त्री भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानले अदालतको अवहेलना गरेको भन्दै डेमोक्रेटिक लयर्स एशोसिएशनले मुद्दा दायर गरेको थियो। अदालतले माघ ४ गते प्रधानमन्त्री र महान्याधिवक्तालाई अदालतमा ७ दिनभित्र उपस्थित हुन आदेश दिएका थिए। आदेश अनुसार महान्याधिवक्ता प्रधानले आइतबार अदालत पुगेर बयान दिएका थिए। उनले आफूले दिएको लिखित निर्देशन विशुद्ध संवैधानिक भएको जिकिर गरेका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस