दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, १४ माघ। पोखराको मैैदानमा सर्वाधिक सफलता हासिल गरेको नेपाल पुलिस क्लवमाथि ऐतिहासिक जित हासिल गर्दै आर्मी क्लव सेमीफाइनलमा पुगेको छ। आर्मीले पुलिसलाई १–० को अन्तरले पराजित गरेको हो। आर्मीको जितमा सप्स्टीच्युट खेलाडी विकर्ण श्रेष्ठले निर्णायक गोल गरेका थिए। सन्तोष नेपालीले डि–एरिया नजिकै निकालेको बललाई विकर्णले विपक्षी डिफेन्स रोसन कार्कीलाई विट गर्दै निर्णायक गोल गरेका हुन्। प्लेयर अफ दी म्याच घोषित हुदै विकर्णले ट्रफिको साथमा एक हजार नगद पाए।

तस्विरः उमेश पुन र सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस