सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान, २०५८ सालमा धरानमा बालसरोकार मञ्चद्वारा आयोजित सडक नाटकमा अभिनय गरि कलाकारीतामा लागेका धराने कलाकार लोकेन सावाले एक महिनामा एक दर्जन म्युजिक भिडियो निर्देशन गरेका छन्।
२०६१ सालमा लिम्वु साँस्कृतिक निङसाङ एल्मवको म्युजिक भिडियोको निर्देशनसंगै नेपाली साँगीतिक आकाशमा निर्देशकको रुपमा उदाएका सावाले अहिलेसम्म तीन दर्जन म्युजिक भिडियो निर्देशन गरि सकेका छन्।
भिडियो निर्देशन गर्दै सावा रातोसर्टमा तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम
धरानलाई कार्यक्षेत्र बनाई अभिनयसंगै निर्देशन गरिहेका उनले गएको महिनामा मात्र काठमाडौमा बसेर एक दर्जनको निर्देशन गरेका हुन्।
गायिका सानु राईको ८ वटा गीतहरुको भिडियो निर्देशन गरेका उनले चर्चित गायक राजेश पायलको यि आँखा माझ, लुङमालाई देख्दा, नाकैमा फुली र स्वर्गीय गायक विष्णु आङवुहाङको भिर खस्ने सीरानीमा र हेरु हेरुलाग्ने, त्यो दिन त्यो पल, गायक साइमन राईको तिमीलाई चाहेर पनि, गायक डिप्लक सुब्बाको नजिक आई,लिम्वु साँस्कृतिकमूलका गीति भिडियो लुङमाहीम (विरह चल्छ) निर्देशन गरी सकेका छन्।
फ्रेम हेर्दै सावा
काठमाडौमा भिडियो निर्दशनमा व्यस्त धराने युवा निर्देशक लोकेन साँवा त्यही रहेर एक महिनामा एक दर्जन भिडियो निर्देशन गरेका हुन्।
उनले एक महिनामा नेपालका चर्चित गायक राजेश पायल राईको विर्सन्छु निष्ठुरी, मान तवेवुङ्ग लिम्वुको तिम्रो कसम तिम्रो बाचा, आसे वारो, सेवारो (मेरो नमस्कार सोल्टीनीलाई) र संगीतकार एवं गायक अशोक राई र कल्पना आङवुहाङ लिम्बुको स्वरले सजिएको गीत सुनलाई खरी गीतको भिडियो तथा न्यु रिदम फिल्मस् प्रडोक्सन भक्तपुरको प्रस्तुतीको पहिलो प्रयासमा रहेको एल्बमको ८ वटा गीतहरुको भिडियो तथा गायक रोहित इम्सोङ (ताराको) ठूला-ठूला आँखा, लैजाउ मुटु, माङलाङ केलाङ गीतहरुको भिडियोसमेत उनले निर्देशन गरिसकेका छन्। उक्त गीति भिडियोहरुमा संगीत ओमप्रकाश राई, अशोक राई, तारा प्रकाश लिम्वु, नरेन्द्र प्यासी, महेश खड्का, अभिनयम (रिचासिंह ठकुरी, बेजीना रोकाय, रञ्जन रिजाल, नन्दीता के.सी. हर्षिका श्रेष्ठ, हाङसामा लिम्वु, पार्वती राई, जोन लिम्वु, सौजन्य सुब्बा, आनन्द रानुहोछा राईले अभिनय गरेका छन् भने हाल निर्देशक लोकेन साँवा भिडियो सम्पादनमा छन्।
छायाँङ्कनमा रविन्द्र बराल,रविन राई, रोशन श्रेष्ठले खिचेका छन्। म्युजिक भिडियो माघ दोश्रो हप्ता सम्ममा बजारमा आउने निर्देशन सावा जनकारी दिए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस