एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १४ माघ । आगामी चैत्र २९ देखि बैशाख ५ गतेसम्म नुवाकोटको ककनीमा प्रथम ककनी महोत्वस २०६९ हुने भएको छ।
ककनीको सर्वाङ्गिण विकास र जगेर्ना गरौं, स्थानी कला संस्कृति र उत्पादनले ककनीको पहिचान बढाऔं भन्ने मूल नाराका साथ बलामी फिल्म इन्टरनेशनलले सो महोत्सव आयोजना गर्न लागेको हो।
आईतवार आयोजित पत्रकार सम्मेलनमा स्थानीय स्तरमा उत्पादन हुने स्ट्रेवरी, मुला, च्याउ, ट्राउट माछाको प्रदर्शन, विक्रि वितरण गरी र प्रचार प्रसार गर्ने र पर्यटकीय क्षेत्र ककनीलाई विश्वसामु परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिईयो।
महोत्वसमा नुवाकोट जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको फोटो प्रदर्शनी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, साँस्कृतिक झाँकी, अभिनय, निबन्ध प्रतियोगिता तथा स्टार हाँस्य कलाकारहरुको हाँस्य प्रस्तुतिलगायत मिस्टर एण्ड मिस नुवाकोट दोस्रो संस्करणसमेत गरिने तयारी आयोजकको छ। मिस्टर र मिस नुवाकोट हुने प्रतियोगिलाई २५, २५ नगद र दोस्रो र तेस्रो हुनेलाई १५, १५ हजार नगदका साथै प्रमाण पत्र प्रदान गरिने छ।
पत्रकार सम्मेलनमा बलामी फिल्म इन्टरटेन्टमेन्टका प्रबन्ध निर्देशक समिर बलामीले महोत्सवका सह–प्रायोजकहरुमा जिल्ला विकास समिति नुवाकोट, उद्योग बाणिज्य संघ, ककनी हाईवे होटल व्यवसायीहरु रहेको जानकारी दिए।
ट्राउन व्यवसायी संघका अध्यक्ष मदन लामाले ट्राउट माछाको २० वटा स्टल र अन्य ९० वटा स्टलहरु राखिने र ५ हजार बाह्य पर्यटक र ३ हजार आन्तरिक पर्यटकहरुलाई ककनी महोत्सवको अवलोकन गराउने बताए।
उद्योग बाणिज्य संघ, नुवाकोटका सदस्य सोनाम लामाले ककनी महोत्सवले आन्तरिक व्यवसायको प्रर्वदनमा महत्वपूर्ण योगदान दिने विश्वास ब्यक्त गरे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b