Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बन्द गराउदै हिडेका १२ जना लडाकु पक्राउ

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, बन्द गराउदै हिडेका १२ जना लडाकुहरुलाई धरान प्रहरीले नियन्त्रणमा दिएको छ।

धरान वजारमा पसल तथा सवारी साधनमा अवरोध गरि रहेका पूर्व लडाकुहरुका पूर्वी कमाण्ड इन्चार्ज युगल राई सैतान सहितका पूर्व लडाकुहरुलाई प्रहरीले निन्त्रणमा दिएको हो।

प्रहरीले उनीहरुले वोकेका लोरो तथा झण्डा र व्यानरसमेत नियन्त्रणमा लिएको छ। उनिहरुलाई अहिले इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। उनीहरु साझसम्म इप्रका मै राख्ने वताए पनि डिएसपी राजेन्द्र विष्टले के कारबाही हुन्छ भने बताउन चाहेनन्।

सडक अवारेाध गरेको कारण उनीहरुलाई निउन्त्रणमा लिएको उहाको भनाई छ।
विगतमा शान्ति मन्त्रालयसंग भएका सम्झौता कार्यान्वयन, एक मुष्ट रुपमा राहत रकम पाउनु पर्ने तथा अयोग्यको विल्ला हटाइनु पर्ने माग गर्र्दै हिजोदेखि अनिश्चतकालिन बन्दको आब्हान गरेका थिए।

बन्दका कारण पूर्वी नेपालसंगै धरान तथा पूर्वी पहाडी जिल्लाको जनजीनवन प्रभावित भएको छ। सावारी साधन तथा बजार पसल खुलेका छैनन् भने पूर्वी पहाडी जिल्लाको लागि हिडेका यात्रुहरु धरानमा अलपत्र परेका छन्।

यसै विच, इलाका प्रहरी कार्यालय धरानले भने सवारी साधन खुलाउने पहल गरिरकेा छ। इप्रकाका डिएसपी राजेन्द्र विष्टले वन्दकर्ता सवै आफ्नो नियन्त्रणमा रहेका तथा आफूहरु सुरक्षा दिन तयार रेहेको भन्दै यातायात व्यवसायीहरुलाई सवारी साधन सञ्चालनमा ल्याउन आग्रह गरेका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by