एचकेनेपाल डट कम संवाददाता
काठमाडौं, १४ माघ। रक्षा मन्त्रालयले नेपाली चलचित्र ‘बधशाला’लाई प्रतिबन्ध लगाउन सूचना तथा सञ्चार मन्त्रालयलाई पत्राचार गरेको छ।
आगामी फागुन २५ गते रिलिज गर्ने तयारीमा रहेको चलचित्रमा सम्बन्धित निकायको स्वीकृतिबिना नेपाली सेनाको पोशाक लगाई छायाँकन गरिएकोप्रति आपत्ति जनाउंदै रक्षा मन्त्रालयले पत्राचार गरेको हो।

रक्षाको सचिवस्तरीय निर्णयपछि सञ्चार मन्त्रालयले चलचित्र प्रदर्शनमा रोक लगाउन चलचित्र विकास बोर्डलाई अर्को पत्र पठाएको छ। पत्रमा बधशालालाई प्रदर्शनको लागि इजाजत प्रदान नगर्न र गरेको भए चलचित्र हलमा प्रदर्शनमा रोक लगाउन आग्रह गरेको छ।

चलचित्र निर्देशक मनोज पण्डितले यसलाई अभिव्यक्तिमाथिको हस्तक्षेप भनेका छन्। सेन्सर बोर्डले हेर्नु पर्ने विषयलाई रक्षाले प्रतिबन्ध लगाउनुलाई उनले हास्यास्पद भनेका छन्। कलात्मक प्रस्तुतीका लागि सैनिक पोशाक लगाउन अनुमति लिइरहनु नपर्ने बताएका छन्। चलचित्र राजनीतिक भन्दामा पनि कलात्मक रहेको उनको दावी छ। चलचित्रमा एउटा विद्रोहीको मानवीय समवेदनालाई उजागर गर्ने कोशिस भएको उनी बताउंछन्।

चलचित्रमा द्वन्द्वकालमा सेनाबाट भएको यातनाको दृश्यसहित भिडियो ट्रेलर सार्वजनिक भएपछि रक्षाले प्रतिबन्ध लगाउन सूचना तथा सञ्चार मन्त्रालयलाई पत्राचार गरेको हो।

यस्तो छ- ‘बधशाला’को ट्रेलर

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस