मृत्युदण्डको फैसलापछि भड्केको हिंसामा ३० को ज्यान गयो (अपडेट)
एजेन्सी, एचकेनेपाल डट कम-
कायरो, १३ माघ। गत सालको फुटबलको म्याचको विषयमा भड्केको दंगामा दोषी ठहराइएका २१ जनालाई मृत्युदण्डको फैसला सुनाएपछि शनिवार पुनः भड्किएको हिंसामा कम्तीमा ३० जनाको ज्यान गएको छ।

अदालतको फैसलापछि मृत्युदण्डको सजाय पाउनेहरुका आफन्तले जेलमा आक्रमणमा प्रयाश गर्दा प्रहरी र प्रदर्शनकारीबीचको झडपमा उनीहरुको ज्यान गएको हो। हिंसामा मारिनेमा दुईजना सुरक्षाकर्मीहरु पनि छन्।

इजिप्टमा २१ जनलाई मृत्युदण्डको फैसला
एजेन्सी, एचकेनेपाल डट कम-
कायरो, १३ माघ। इजिप्टको एक अदालतले २१ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। गत साल फुटबल मैदानमा भएको दंगामा दोषी ठहर गर्दै उनीहरुलाई मृत्युदण्डको फैसला सुनाएको हो। दंगामा ७४ जनाको ज्यान गएको थियो।

राजधानी कायरोको पोर्ट सेड रंगशालामा स्थानीय अल–मास्री र कायरोको अल–आहली क्लबबीचको लिग खेल शुरु भएको केही मिनेटमै दंगा भड्किएको थियो। अल अश्री क्लवका समर्थकले विपक्षी समर्थकलाई ढुंगामुढा र आगजनी गर्दै आक्रमण गरेका गिए।

बाँकी ५२ जना आरोपीमाथिको फैसला भने मार्च ९ तारिख हुने जनाइएको छ।

मृत्युदण्डको फैसलापछि पीडितका आफन्त:

दंगाको भिडियोः

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस