भाईराम चौलागाई, देव घर्तिमगर / एचकेनेपाफ
कुवैत सिटी, २६ जनवरी। नेपाली जनप्रगतिशील मंच कुवेतको शुक्रवार सम्पन्न दोस्रो अधिवेशनले नया नेतृत्व चयन गरेको छ।

अधिवेशनले आगामी कार्यकालको लागि ठाकुर पौडैलको नेतृत्वमा ३ उपाध्यक्ष सहित १५ सदस्यीय कार्य समिति पदाधिकारीको चयन गरेको छ।

अधिवेशन संयोजक कुमार झापाली सभापतित्वमा संचालन भएको अधिवेशन कार्यक्रममा कुवेतमा स्थापित नेपाली बिभिन्न संघ सस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । केन्दीय सदस्य तथा एसिया प्यासेफिक ईन्चाज क. युबराज चौलागाईको प्रमुख अतिथि हुने भनिए तापनि प्रबिधिक भिषाको कारणले उहा आउन नसक्नु भएपनि फोनबाटै शुभकामना सन्देश दिनु भएको थियो।

कार्यक्रमको संचालन भाइराम चौलागाई, दिपक बिष्ट, श्याम पराजूली र कमल राईले अत्यन्त सौहार्दपूर्ण वातावरणमा संचालन गर्नु भएको थियो । स्बागत मन्तब्य भाइराम चौलागाईले राख्नु भएको थियो भने उद्घाटन समारोह पछि महान शहिदहरु प्रति १ मिनेट मौन धारण गर्दै राष्टिय गान गाएर सुरु भएको कार्यक्रममा मंचको तर्फबाट दिपक बिष्ट र ठाकुर पौडलले सबैलाई स्वागत एवं मंचका धारणा बारे मन्तब्य दिनु भएको थियो । त्यस्तै गरि कार्यक्रममा शुभ कामना दिने क्रममा एनआरएनए का राजेन्द्र तामाङ्, नेपाल पत्रकार महासंघ कुवेत शाखाका सुजन केसी, मरुभुमि कोसेलीका तोया दाहाल, माउण्ट एभरेष्ट स्पोटिङका धर्मराज गिरी, मगर संघ कुवेतका मनु मगर ,जय आले , किरण पौडेल , शिब लिम्बु, इन्द्र पोखरेल, आनन्द आचर्य, माया न्यौपाने, दिपक क्षेत्री, टीकाराम आचर्य लगायत अन्य अतिथिहरुले आफ्ना शुभकामना मन्तब्य राख्नु भएको थियो उहाहरुले मंचको आगामी कार्यकाल सफल रहोस् भनि अधिबेशनले सक्षम र कुशल नेतृत्व चयन गर्ने कुरामा विश्वस्त रहेको पनि बताउनु भयो।

कार्यक्रममा लाली गुरास र नेपाल कुवेत सास्कृतिक परिवारले जनबादी सांगेतिक प्रस्तुति पस्किदा त्यहाको बातावरण साच्चै नै रमणीय बन्न पुगेको थियो । उद्घोषक तथा आयोजकका तर्फबाट बोल्ने क्रममा दिपक बिष्टले गरेका जोशिला भाषणले मंचलाई निकै तताएको थियो भने अर्को तर्फ उहांका शब्द प्रति केही आपत्ती पनि जनाउने अतिथिहरु पनि देखिएका थिए। बिष्टले ब्यक्त गरेका शब्दहरु आफ्नो पार्टीका बिचार र धार संग नियम संगत भएनि यो जनबर्गीय संगठनको भेलामा अन्य पार्टीका भातृ संगठन तथा अन्य बिचार धाराका अतिथिहरु उपस्थित कार्यक्रममा बोल्न त्यति उपर्युक्त थिएन भन्ने धेरैको धारणा रहेको थियो । यसै क्रममा बिष्ट जि ले, आफ्नो पार्टीले महान जनयुध्दका भाव र मर्म बिर्सेर नेतृत्व तह सुविधाको दल दलमा फसिरहेको पनि आरोप लगाउनु भयो । युध्दकालका घाइते तथा बिर महान शहिदहरु प्रति र परिवार लाई पार्टीले उपेक्षित गरेको गुनासो पनि गर्नु भएको थियो । स्मरण रहोस् उहा पनि शहिद परिवार भित्रबाट हुनुहुन्छ।

शुभकामना मन्तब्य पछि कार्यक्रमका सभापति कुमार झापालीले बिगत देखि हालसम्मका मंचका गतिबिधि अनि आफुले मंचलाई पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो । दुइ बर्ष सम्म आफु एक्लै भए पनि मंचलाई भंग हुन नदिएको र यस क्रममा संगठन बिस्तारमा भने आफू चुकेको उहांले स्वीकार गर्नु भयो । आफुले आगामी कार्यकाल सफल व्यक्तिलाई हस्तान्तरण गर्ने पनि उहाले बताउनु भयो । कार्यक्रमको समापन संगै सबै जनाले जलपान गरि अतिथि बिदाई गरिएको थियो।

बन्द सत्रको कार्यक्रममा कार्य समिति चयनको लागि तोया दाहाल, मनु मगर र कुमार झापालीको संयुक्त निर्बाचन आयोग गठन गरि परिवेक्षेकको जिम्मा सुजन केसी र शिब कोइरालालाई दिईएको थियो । नेतृत्व सर्वसहमति नहुने भएपछि चुनावी प्रकियामा जान बाध्य भएको थियो । नेतृत्वको लागि दाबेदारी गर्दै ठाकुर पौडेल, गौतम अम्गाइ र दिपक बिष्टले आफ्नो उमेद्दारी दर्ता गराउनु भएको थियो । सबैले सहमतिमा जान आग्रह गरेपछि सहमतिमा सहजता होस् भनि विष्टले उमेद्दारी फिर्ता लिनु भएको थियो । तर पौडेल र अम्गाइ बिच सहमति प्रयास असफल भएपछि भोटिङ सिस्टममा गएको थियो।

खुला भोटिङको बिरोध भएकोले गुप्तरुपमा सबैले आफ्नो मत जाहेर गरेका थिए ।मतदानको निर्णय अपेक्षाकृत भन्दा बेग्लै पौडेलको पक्षमा ४७ र अम्गाइको पक्षमा जम्मा ४ भोट मात्र परेको थियो भने १ मत सहमतिमा नगएकोले भोटिङको बिरोधमा असन्तुष्टि ब्यक्त गर्दै बहिस्कार गरिएको थियो ।यसै गरि उपाध्यक्षको दाबेदारीमा ३ जनाको कोटामा ६ जनाले आफुलाई प्रस्तुत गरेका थिए । १ जना महिलाको सिट आरक्षण गरिएको उक्त पदमा ३ जना महिलाले दाबी गरेपछि सहमतिमा आउन हम्मे हम्मे परेको थियो तर अन्तमा सबैले दलितको पनि प्रतिनिधित्व हुने गरि अमृता दर्नालकोमा सहमति हुन आग्रह गरेपछि सर्बसहमतिमा अमृता दर्नाल, आइ.पी भटराई र दावा थोकर चुनिएका थिए । त्यस पछिका पदमा भने सर्बसहमतिमा महासचिब देब घर्ती, सचिबमा श्याम पराजुली, कोषाध्यक्षमा महिला प्रतिनिधि तारा पौडेल र सहकोषाध्यक्षमा अर्जुन महत चुनिनु भएको थियो भने अन्य सात सदस्यहरु कार्यसमितिमा छानिनु भएको थियो।

यसरी बिबादै बिबादको बिच अधिबेशन सम्पन्न भए पनि जनप्रगतिशीलका प्रत्येक सदस्यहरुले के सिक्नु जरुरी छ भने प्रबासमा रहि पार्टीको धारणा र आफ्नो क्रान्तीकारी पक्षमा भन्दा पनि यहा रहेका प्रबासीहरुको हक हित र उद्दार कार्यमा सामाजिक भावले सहयोग पुर्याउनु जरुरी छ । आफ्ननो पार्टीको संगठन पनि बिस्तार गर्ने र सामाजिक काम मार्फत प्रबासीहरुको मन जिति अन्य संघ संस्थाहरु भन्द संधै एक कदम अघि रही काम गर्नु जरुरी छ । नया कार्यसमितिका सदस्यहरुले प्रबासी नेपालीहरुको पक्षमा अन्य संघ संस्था र दुताबास संग समन्वय गर्दै राम्रा राम्रा काम गरोस्, सबैलाई समेटी आफ्नो संगठन अझ बढी मझबुत बनाई अगाडी बढोस् भन्दै आगामी कार्यकालका दिनहरु सुखमय र अबिश्मरणीय हुनेछ भन्ने शुभकामना दिन चाहन्छौं हामी सबै प्रबासी नेपालीहरुको तर्फबाट । क्रान्तीकारी टिमलाई बधाई छ।

जनप्रगतिशील मंच कुबेतको दोस्रो महाअधिवेशनले १५ सदसिय कार्यसमितिको चयन् गरेको छ:
१, ठाकुर प्रसाद पौडेल – अध्क्षय
२,आइ.पी भटराई – उपाअध्क्षय
३, दावा ठोकर – उपाअध्क्षय
४, अमृता दर्लान – उपाअध्क्षय
५, देव घर्तिमगर – महा-सचिब
6, श्याम पराजुली – सचिब
७, तारा पौडेल – कोसाअध्क्षय
८,अर्जुन महत – सह-कोसअध्क्षय
९, माया न्यौपाने – सदस्य
१०, भिम के सि – सदस्य
११,कर्मा घोले – सदस्य
१२, राजेन्द्र श्रेष्ठ – सदस्य
१३,गणेश घोरासैनी – सदस्य
१४,बिनोद बाराइली – सदस्य
१५,दिनेश गुरुङ – सदस्य

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस